कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भंगालमामा पनि

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कूल शाखा संख्या १०७ पुगेको छ । बैंकले आइतबार काठमाडौंको भंगालमा नयाँ शाखा स्थापना गरी कारोबार सुभारम्भ गरेसँगै सो बैंकको शाखा संख्या १०७ पुगेको हो । यसअघि गतसाता भक्तपुरको लोकन्थलीमा १०६ औं शाखाको उद्घाटन गरेको बैंकले आइतबार १०७ औं शाखा उद्घाटन गर्न सफल भएको छ । बैंकले प्रदेश […]

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सरसफाईका सामाग्री वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको नयाँ बजार शाखाले मानव सेवा समाजलाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । मानव सेवा समाजले खुला आकाशमुनी कष्टपुर्ण बिताइरहेका अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई गर्ने संस्था हो । शाखाले आश्रममा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री वितरणका साथै […]

सामाजिक उत्तरदायित्व अन्तर्गत ज्योति विकास बैंकद्वारा कपडा बैंकको लागि वासिङ मेसिन हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा हन्ड्रेड्स ग्रुपसँग मिलेर स्थापना भएको कपडा बैंकलाई बिहिबार एक थान वासिङ मेसिन प्रदान गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त वासिङ मेसिन हस्तान्तरण गरेको हो। कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील […]

प्रभु बैंक र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा […]

राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त सचेतना नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुले प्रदान गरेका थिए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रममार्फत ध्यान दिईरहेको बताए । प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ्ग क्षेत्रमा […]

लक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा विद्या बस्न्यात नियुक्त !

काठमाडौँ । लक्ष्मी बैंकले विद्या बस्न्यातलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २६ गते सम्पन्न २२३ औं बैठकले बस्न्यातलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकमा हाल दिनेश पौडेल संस्थापक समूहबाट, रमण नेपाल नागरिक लगानी कोषबाट तथा स्वाति रुङ्गाटा र विश्व करण जैन साधारण शेयरधनीको तर्फबाट सञ्चालक रहेका छन्।

एनआईसी एशिया बैंक र फुडमाण्डूबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले फुडमाण्डूबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा सो मात्राको छुट पाउने भएका हुन् । यस सम्बन्धि दुई संस्थाबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हो […]

गण्डकी विकास बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा, कहाँ – कहाँ पुग्यो सेवा ?

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले आजदेखि थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जुम्लाको खलंगा शाखाको उद्घाटन गरेको छ भने साथै, पोखराको बाझापाटन र काठमाडौंको मैतिदेवीको शाखाबाट वित्तीय कारोबारको शुर गरेको छ । यससँगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ । जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिका वडा […]

कुमारी बैंक लिमिटेडले ल्यायो स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना, यस्ता छन् सुविधाहरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना ल्याएको छ । नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले कुमारी स्मार्ट मोबाइल बैकिङ्ग एप्लिकेसन प्रयोग गरी विभिन्न योजनाहरुमा सहभागी भई […]

सर्लाहीको बरहथवामा प्रभु बैंक लिमिटेडको नयाँ शाखा उद्घाटन

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् । उद्घाटन कार्यक्रममा महतोले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज […]