अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम मुलुक : तालिबान

अर्थ राजनीति  ~  अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको बताएका […]

स्कुल खोल्ने निर्णयबाट धेरै विद्यार्थी र अभिभावक उत्साहित : मेयर चालिसे

अर्थ राजनीति  ~  गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका स्कुलहरु आजबाट भौतिक रुपमा सन्चालनमा ल्याउने निर्णय गरेको छ । विद्यालय, अभिभावकका प्रतिनिधिसहित सर्वपक्षीय बैठकबाट विद्यालय सन्चालनको निर्णय लिएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे बताउँछन् । उनले भने, ‘लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य नै अन्यौलमा पर्ने डर भयो, त्यसैले सबै पक्षको बैठकको निर्णयअनुसार स्वास्थ्य मापदण्डको […]

मौसम प्रतिकूल : आन्तरिक उडान प्रभावित, पोखरा, विराटनगर र भरतपुर विमानस्थल नै बन्द

अर्थ राजनीति  ~  मौसम प्रतिकूल भएपछि आइतबार आन्तरिक तर्फको उडान प्रभावित भएका छन्। मौसम खराब भएका कारण पोखरा, विराटनगर र भरतपुर उडान बन्द रहेको वायुसेवा कम्पनीले जनाएका छन्। आइतबार तीनवटा गन्तव्यमा विभिन्न वायुसेवा कम्पनीको दर्जनौं उडान प्रभावित भएको छ।’मौसमी प्रतिकूलताका कारण उपत्यका बाहिरका विमानस्थल बन्द भएका छन्। केही समय मौसमको प्रतीक्षा गर्नेछौं। यात्रु सहजतालाई मध्यनजर […]

सिन्धुपाल्चोकमा बस दुर्घटना: ३० जना घाइते

अर्थ राजनीति  ~ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११:३५ बजे यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्लाको लिङ्खु पाखरबाट काठमाडौँतर्फ गइरहेको बा३ख ८०३० नं को यात्रुवाहक बस घुम्तीबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले […]

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसद्को निर्देशन

अर्थ राजनीति  ~  पटक पटक स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई संसद्को शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार बसेको सो समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । मंगलबारको बैठकमा संसदकाे शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीले मन्त्रालयका पदाधिकारीसँगका छलफलपछि […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अर्थ राजनीति  ~  अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ । अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ । नेपाल आयल निगमले […]

कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

अर्थ राजनीति  ~ कञ्चनपुरको भीमदत्त नगरपालिकामा  प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय […]

भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा

अर्थ राजनीति  ~  भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो । सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर […]

घरजग्गा कारोबारः चितवन, नेपालगंज र धनगढीले उछिन्न थाले काठमाडौंको कारोबारलाई

अर्थ राजनीति ~   गत महिना असारमा निषेधाज्ञाले प्रभावित घरजग्गा बजार उपत्यकामा भएका ठूला कारोबारले मात्रै धानेको थियो।निषेधाज्ञा खुकुलो भएसँगै साउनमा भने उपत्यका बाहिर पनि ठूला  किनबेच हुँदा घरजग्गा क्षेत्र पुनः लयमा फर्किएको छ। साउनमा देशभर कूल आठ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन हुँदा रजिष्ट्रेशन दस्तुर मात्रै चार अर्ब ६ करोड रुपैयाँ संकलन भएको छ। […]

अनशनरत भूतपूर्व गोरखा सैनिकहरूलाई हतोत्साही नगर्न नेता रावलको आग्रह

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलले सरकारले बेलायतमा अनशनरत पूर्वगोरखा सैनिकहरूलाई हतोत्साही गर्ने गतिविधि गरिरहेको आरोप लगाए । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपाध्यक्ष रावलले सरकारले भूतपूर्व गोरखाहरूको माग पुरा गराउनका लागि कूटनीतिक पहल गर्दै उनीहरूको जीवन रक्षा गर्न सरकारले पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरू […]