देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र

अर्थ राजनीति  ~  चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । […]

प्रधानमन्त्रीको भारत भ्रमणपछि रेल चल्ने टुंगो लाग्ने

अर्थ राजनीति  ~   जनकपुर–जयनगर रेल सञ्चालनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि तय गरिने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यो विषय टुंग्याउने तयारी गरिएको छ । यद्यपि प्रधानमन्त्रीको भारत भ्रमणका मिति तय भइसकेको छैन । दुबै मुलुकको सहमतिमा उद्घाटनको मिति तय गरिने र कम्तीमा दिनको […]

नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिंईदै

अर्थ राजनीति  ~  नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम […]

मेडिकल कलेजको शुल्क विवाद : विद्यार्थी आन्दोलित

चिकित्सा शिक्षा विधाअन्तर्गत, बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरू यतिबेला आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । अतिरिक्त शुल्क मागेको भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी), मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले शुल्क कम गर्नुपर्ने माग गर्दै आन्दोलन थालेका […]

५० लाख बरामद प्रकरण : सौर्य एयरलाइन्सका स्टेशन म्यानेजर पक्राउ

अर्थ राजनीति  ~  ५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजरलाई पनि प्रहरीले पक्राउ गरेको छ । एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेशन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सुरेन्द्र मैनालीले बताएका छन् । शनिवार विराटनगरबाट काठमाडौंमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत […]

जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीको बिरोध प्रदर्शन जारी

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । आज पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीले आन्दोलन गरेका हुन् । प्रर्दशनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि […]

एमसिसीविरुद्ध साना वामपन्थी दल सडकमा

अर्थ राजनीति  ~ एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।  नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा  विरोध  प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका […]

मौसमी प्रतिकूलताका कारण बिहानैदेखिको उडान-अवतरण ठप्प, ३ सय ८० उडान प्रभावित

अर्थ राजनीति ~  शुक्रबार बिहानैदेखिका हवाई उडान मौसमी प्रतिकूलताका कारण प्रभावित भएका छन्। आज बिहान भिजिबिलिटी नै नील भएपछि  आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दर्जनौं उडान होल्डमै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। अन्य अन्तर्राष्ट्रिय तथा जजिराको दुईवटा जहाज उडानका लागि होल्डमा रहेका सबै  मौसम सुधार भएसँगै उडान पुनः सुरु हुनेछ,’ कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले […]

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

अर्थ राजनीति  ~  दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताएका छन् । अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उहाँले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु […]

पारस शाह : हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्

अर्थ राजनीति  ~  पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गरेका छन् । जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घटनाहरुको साक्षी बनेको बताउँदै पारसले आफ्नो फेसबुक […]