” जलश्रोतको व्यवस्थापन आजको आवश्यकता ” : मन्त्री भुसाल

अर्थ राजनीति ~  ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन् । बुधवार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरू रहेको भन्दै आजको आवश्यकता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको […]

” तीन दिनभित्र आचारसंहिता लागू हुन्छ ” : निर्वाचन आयोग

अर्थ राजनीति  ~  स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ ।‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ । त्यो […]

सशस्त्रमा २० दिन आईजीपी बन्न दुई एआईजी प्रतिस्पर्धामा

अर्थ राजनीति  ~  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जाँदै छन् । उनी २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् ।​ शैलेन्द्र खनालको अवकाशपछि उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । नेपाल […]

“२०७४ को मतका आधारमा सिट बाँडफाँट अमान्य ” : डा. भट्टराई

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट मान्य नहुने बताएका छन् । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पार्टी २०७८ सालमा बनेकाले २०७४ सालको मतका आधारमा हुने बाँडफाँट स्वीकार्य नहुने बताएका हुन् ।‘संविधान […]

नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

अर्थ राजनीति  ~  सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । समितिका सदस्यहरुको नाम भने […]

श्रीलंकामा सरकारप्रति आक्रोश बढ्दै, कर्फ्यूको अवज्ञ गर्दै नागरिक

अर्थ राजनीति  ~  श्रीलंकामा सरकारप्रति आक्रोशित जनताले हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर हुँदैछन्। अहिले जनतामा आपतकाल र कर्फ्युको डर छैन । आन्दोलनका क्रममा पक्राउ परेका ५४ जनाको उद्धार गर्न ६ सय वकिल अदालत पुगेका थिए । अदालतले ४८ जनालाई रिहा गर्नुपरेको थियो । यसैबीच राष्ट्रपति गोताबाया राजापाक्षे अहिले विपक्षीलाई सरकारसँग हात मिलाएर […]

नेपाल बारको मतगणना आज बिहान ९ बजेदेखि

अर्थ राजनीति  ~  नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु भएको छ। नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९ः०० बजेबाट मतगणना सुरु हुनेछ । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर […]

संविधान दिवसमा घोषणा गरिएका विभूषण राष्ट्रपतिले वैशाखमा प्रदान गर्ने

अर्थ राजनीति  ~  संविधान दिवसका अवसरमा ३ असोजमा घोषणा गरिएका विभूषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ । संविधान दिवसका दिन ९०३ जनालाई विभूषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थिएन । अब १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसका लागि […]

दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजारको आज ओली द्वारा उद्घाटन

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् । देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका […]

” भरतपुर महानगरपालिकाको मेयरमा माओवादीको दावी रहने छ ” : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गर्नुभएको छ । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुन बताउनुभएको हो । उहाँले आफ्नो दलको प्रभाव रहेकाले भरतपुरको मेयरमा माओवादीको दावी कायम रहेको पनि बताउनुभएको छ । उहाँले नेपाली […]