सैन्य विमान चढेर श्रीलंकाका राष्ट्रपति राजापाक्षेले देश छोडे
अर्थ राजनीति ~ श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन्। बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्। शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए। […]
