एमाले :- ” सरकारकै कारण अर्थतन्त्र र शेयरबजार संकटमा “

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारका कारण मुलुकको अर्थतन्त्र शिथिल भएको आरोप लगाएको छ । एमालेनिकट उद्योगी व्यवसायीको संगठन नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मंगलबार एमाले नेताहरुले उद्योग, व्यवसाय र सेयर बजारमा समस्या देखिनुको प्रमुख कारण नै सरकार भएको आरोप लगाएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण […]

” चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ ” : मन्त्री बस्नेत

Artharajniti  ~  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा […]

बैंकहरुबाट सोह्रश्राद्धकै बीचमा नयाँ नोट, एक जनालाई १८ हजार ५ सय

Artharajniti  ~  दसैंतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोह्रश्राद्धबाटै नयाँ नोट सटही सुरु गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थाबाट सुरुमा नयाँ नोट सटही सुरु गर्ने छ। त्यसपछि आफ्नो केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट नोट सटही सुरु गर्ने भएको छ। सर्वसाधारणको लामो लाइन नलागोस्, सहजै नोट साट्न पाउन् भनेर राष्ट्र बैंकले […]

चिकित्सकको प्रश्न : पेसा छाडौँ कि देश ?

Artharajniti  ~ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका हुन् ।पोखरा लमजुङ, चितवन  हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था […]

राष्ट्रपति पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका छन् । जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो । राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा […]

गगन थापा :- “विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौं “

Artharajniti  ~   प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताएका छन‍्। ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उनले भनेका छन्। शिक्षा विधेयक […]

प्रधानमन्त्रीको चीन भ्रमणको तालिका सार्वजनिक

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने तालिका सार्वजनिक गरिएको हो । प्रचण्ड हाल अमेरिकाको भ्रमणमा छन् । उनी त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा […]

शिक्षक आन्दोलनको दोस्रो दिन : बानेश्वर क्षेत्र अस्तव्यस्त

Artharajniti  ~  सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौँको माइतीघर तथा बानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधवारबाट सुरु भएको काठमाडौँ […]

प्रधानमन्त्री प्रचण्ड : ” दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती देखियो “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धता अनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहालले अल्पविकसित मुलुकहरूको समूहको दिगो विकासका लक्षसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै कोभिड–१९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता […]

शेखर समूहको बैठक आज, विश्व र प्रदीपलाई पनि निम्तो

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले  बताए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ । १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता […]