पूर्वराष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्ने

Artharajniti  ~  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेकी छन् । आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक उनल्र पत्रकार सम्मेलन गर्ने तयारी गरेकी हुन् । एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले यसबारे धारणा सार्वजनिक गर्न लागेकी हुन् । उनले यसअघि मै आफू […]

दुई बैंक तथा दुई वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ ।केन्द्रीय बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियमकीय पालना नगर्ने संस्थाहरूलाई आर्थिक जरिबाना तथा सचेत गराएको हो ।केन्द्रीय बैंकले सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित […]

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

Artharajniti  ~  ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । महासङ्घका प्रतिनिधि आज अध्यक्ष निवास खुमलटार पुगी ज्येष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् । महासङ्घले सार्वजनिक यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका […]

” आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ ” : सभामुख घिमिरे

Artharajniti   ~   सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै उनले प्रत्येक कुराहरू सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाइ गर्ने परिस्थिति अन्त्य गर्न जरुरी […]

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध […]

” निर्वाचनमा गठबन्धन गर्न हुँदैन ” : महामन्त्री थापा

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका हछन् । नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन् । पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने […]

सुनको भाउ रेकर्ड नजिक, तोलामा २१ सय बढ्यो

Artharajniti  ~  सुनको मूल्य रेकर्ड नजिक पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै  बुधबार प्रतितोला २१ सय रुपैयाँ मूल्य बढेसँगै  सुनको मूल्य १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ […]

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

Artharajniti  ~  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । […]

“पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन हुँदैन “: अध्यक्ष ओली

Artharajniti  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका छन् । हिजो र आज चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।बैठक स्रोतका अनुसार, ओलीले सम्बोधनको क्रममा भण्डारीलाई राजनीतिमा नफर्कन र सदस्यता नवीकरण नगर्न आग्रह गर्ने प्रस्ताव सारेका […]

‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’ : राष्ट्रियसभा सदस्य

Artharajniti  ~  राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता अनुसार काम हुन नसकेको बताएका छन् ।मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाए ।‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकी भ्रष्टाचार […]