प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

Artharajniti  ~   प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए […]

इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम बढ्दो, एक महिनामै १ अर्ब रुपैयाँ बढीको कारोबार

Artharajniti   ~  नेपालमा पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकममा बढोत्तरी हुँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ चैत महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार र रकम थोरै मात्र भए पनि उकालो लाग्ने प्रवृत्तिले निरन्तरता पाएको हो। आर्थिक वर्ष ८१ को पौषबाट माघमा जाँदा सङ्ख्या […]

” प्रेस स्वतन्त्रताको नाममा अराजकता बढ्यो ” : सञ्चारमन्त्री गुरुङ

Artharajniti  ~  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् ।  यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरहेको उनको भनाइ छ ।‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा […]

तोलामा दुई हजारले घट्यो आज सुनको मूल्य

Artharajniti  ~  सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार […]

” दश महिनामा सरकार फेरिँदैन ” : गृहमन्त्री लेखक

Artharajniti   ~   गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ । बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आफू मन्त्री बनेको १० महिना […]

धितोपत्र बोर्डमा अख्तियारको छापा

Artharajniti  ~   जलविद्युत् प्रवर्द्धकहरूले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कमिसन मागेको आरोप लगाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारेको छ । बोर्डका एक कर्मचारीका अनुसार आयोगको एक टोलीले बुधबार बिहान साढे ११ बजे ललितपुर, खुमलटारस्थित बोर्डको कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएको छ ।अख्तियारबाट खटिएको तीन सदस्यीय टोली दिनभर नै बोर्ड कार्यालयमा […]

राष्ट्र बैंक गभर्नर नियुक्ति प्रकरण

Artharajniti  ~   राष्ट्र बैंक नेतृत्वविहीन भएको हिजो बुधबार एक महिना पूरा भएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २४ गतेदेखि उक्त पद रिक्त छ । अहिले डेपुटी गभर्नर नीलम ढुंगानाले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् । गभर्नर नियुक्तिका सम्बन्धमा राजनीतिक सरगर्मी बढिरहेको र यही कारण सरकारकै भविष्यमाथि प्रश्न उठिरहेको बेला मंगलबार सत्ता साझेदार […]

भारत–पाकिस्तान तनाव चुलियो, संयमता अपनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह

Artharajniti  ~   भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उच्च बिन्दुमा पुगेको छ । भारतले ‘अप्रेसन सिन्दुर’ नाम दिइएको उक्त सैन्य कारबाही स्थानीय समयानुसार राति १ः०५ देखि १ः३० बजेसम्म सञ्चालन गरेको थियो । दुवै देशबीच भएको सैन्य भिडन्तका कारण हालसम्म ४१ जना सर्वसाधारणको ज्यान गएको छ भने ८९ […]

” सरकारको नीति तथा कार्यक्रम : उँटजस्तो ” : स्वर्णिम वाग्ले

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई उँटसँग तुलना गरेका छन् । सरकारले अरु देशको नक्कल गर्दागर्दा नीति तथा कार्यक्रम उँटजस्तो बनेको उनले बताए । नीति तथा कार्यक्रम सुरुवात गर्ने बेलायतले पछिल्लो नीति तथा कार्यक्रम १२ मिनेटमा सकेको उदाहरण प्रस्तुत गर्दै […]

” कुलमानलाई हटाउँदा प्रचण्डले मुटुमा गोली लागेको जस्तो गर्नुभयो “: भट्टराई

Artharajniti  ~  नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन। उनले पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई […]