“आफैंले सिफारिस गरेका डेपुटी गभर्नरले पनि साथ दिँदैनन् ” : पूर्व गभर्नर डा. नेपाल

अर्थ राजनीति  ~ डा. चिरञ्जीवी नेपालका अनुसार,  पछिल्लोपटक राष्ट्र बैंक ऐन संशोधन हुनुअघिसम्म हाम्रो केन्द्रीय बैंक स्वतन्त्र र स्वायत्त थियो। तर ऐन परिवर्तनपछि राष्ट्र बैंकलाई एकदमै कमजोर पारिएको छ। मुलुकको समग्र मौद्रिक दायित्व बोकेर बसेको गभर्नरलाई कमजोर पार्ने सिलसिला सुरु भएको धेरै भएको छैन। पछिल्ला दिनहरुमा राष्ट्र बैंकमा एकदमै कमजोर अवस्थामा गभर्नरलाई राख्न खोजिएको छ। […]

आठ अर्ब निक्षेप घट्दा सात अर्ब कर्जा

अर्थ राजनीति  ~  मंसिर पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्ममा ८ अर्ब निक्षेप घटेको हो । यस अवधिमा कर्जा लगानी भने ७ अर्ब रुपैयाँ वृद्धि भएको छ । मंसिर तीन गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब निक्षेप संकलन गरी […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया रोचक बन्दै

अर्थ राजनीति   ~  गत कात्तिक ८ गते नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको बोर्ड अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गर्‍यो । सोही मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति गठन गर्‍यो । उक्त कानुनमा नै स्पष्ट लेखिएको राष्ट्रिय […]

ब्याज अनुदानको सहुलियतपूर्ण ऋण बैंकले दिन छाडे

अर्थ राजनीति  ~  तरलता अभाव चर्किएपछि सरकारले ब्याज अनुदान उपलब्ध गराएको सहुलियतपूर्ण कर्जा प्रभावित भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले लगभग यो कर्जा वितरण बन्दै गरेका छन्। छिटपुट रुपमा पहुँचवालाले पाएपनि लगभग सबैको फाइलको चाङ बैंक तथा वित्तीय संस्थाहरुको शाखा/शाखामा लागेको छ। ‘कामै अलपत्र परेका पुराना क्लाइन्टलाई त पैसा दिन सकिएको छैन, सहुलियत पूर्ण ऋण […]

घरजग्गाको मूल्यवृद्धिमा ह्रास

अर्थ राजनीति  ~  पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले गत […]

“दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा रेमिट्यान्सलाई लगानी गराैँ ” : वरिष्ठ उपाध्य ढकाल

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने गरी योजना बनाउनुपर्ने बताएका छन् । अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको तर्क गर्दै उनले दीर्घकालीन लाभ लिने गरी योजना बनाउनुपर्ने बताए । बिहीबार आईएमईले आयोजना गरेको ‘आईएमई डब्बलको डब्बलको डब्बल’ अफरका  विजेता घोषणा कार्यक्रममा […]

औसत सीडी रेसियो ९०% बाट झरे पनि अझै दर्जन बैंकको ९०% माथि नै

अर्थ राजनीति  ~  प्रणालीमा एक दिनमै १० अर्ब रुपैयाँ निक्षेप थपिएपछि बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतबाट तल ओर्लिएको छ। बैंकहरुको औसत सीडी नै ९०.१४ प्रतिशत पुगेको थियो। बाणिज्य बैंकहरुले मात्र सात अर्ब रुपैयाँले निक्षेप बढाएका छन्। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १ अर्ब पुगेको छ। बाणिज्य बैंकहरुको मात्र ४२ खर्ब […]

१६ विकास बैंकहरुमध्ये तीन विकास बैंक घाटामा देखियो

अर्थ राजनीति  ~   चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सूचीकृत १६ ओटै विकास बैंकले सार्वजनिक गरिसकेका छन् । ती बैंकहरुको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार १३ बैंकहरु खुद नाफामा रहेका छन् भने तीन बैंकहरुले खुद नोक्सानी व्यहोरेका छन् । पहिलो त्रैमाससम्म सप्तकोशी डेभलपमेण्ट बैंक, सिन्धु बैंक र नारायणी डेभलपमेण्ट बैंकले खुद नोक्सानी व्यहोरेका […]

नबिल र नेपाल बंगलादेश बैंक मर्जर सहमति अन्तिम चरणमा

अर्थ राजनीति  ~  नबिल बैंकले गत आर्थिक वर्ष चार अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्‍यो। यो कमाइमा विशुद्ध बैंकिङबाट भएको कमाइसँगै ठूलो हिस्सा विभिन्न कम्पनीको सेयर बिक्रीबाट आएको आम्दानी पनि छ। यही कमाइको बलमा नबिलले यसपाली ३८ प्रतिशत लाभांश घोषणा गरेको हो। १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर […]

चाहिएका बेला पाइँदैन भनेर पैसा हुनेले पनि ऋण तिर्न छाडे : बैंक

अर्थ राजनीति  ~  बैंकहरुले ठूलै भनसुनबिना ऋण दिन छाडेपछि पहिले ऋण लिएका ऋणीले पैसा भएपनि बैंकलाई तिर्न छाडेका छन्। बैंकलाई अहिले बुझाए पनि मागेको बेला दिँदैन भनेपछि उनीहरुले पैसा तिर्न छाडेका हुन्। ‘अहिले रिपेमेन्टमा एकदमै ठूलो समस्या देखिएको छ,’ एक बैंकरले भने, ‘उनीहरुले पैसा हुँदा पनि तिरेका छैनन्। ‘तरलता अभाव चर्किएपछि अहिले कर्जा-निक्षेप अनुपात (सीडी […]