चार वटा बैंकले बढाउँदा आठ वटाले घटाए निक्षेपको ब्याजदर

Artharajniti  ~  आगामी असोजको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्। भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो। बैंकहरूले असोजका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४ प्रतिशत छ। चार बैंकले भने ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कृषि विकास र नेपाल बैंकको ब्याजदर सामान्य बढेको […]

सहकारी ठगीमा लामिछाने समेतलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार

Artharajniti  ~  सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट […]

असोजमा पनि निक्षेपको ब्याजदर बढ्ने सम्भावना कम

Artharajniti  ~  वाणिज्य बैंकहरूले असोजमा पनि निक्षेपको ब्याजदर नबढाउने सम्भावना देखिएको छ। बैंकहरूमा कर्जाको विस्तार उत्साहजनक नदेखिएको र कर्जा लगानी योग्य पुँजी पर्याप्त नै रहेकोले निक्षेपको ब्याजदर बढ्ने सम्भावना कम रहेको बैंकरहरूले बताएका छन्। ‘गत वर्षकोभन्दा कर्जा लगानीमा केही सुधार भएको त छ तर उत्साह नै जगाउने गरेर भएको छैन,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा […]

बैंकको चेक अनादरमा २ वर्षसम्म कैद सजाय

Artharajniti  ~   चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने गरी कानुनी व्यवस्था गरिएको छ। संघीय संसदको अर्थ समितिले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलका क्रममा चेक अनादरको विषयमा सहमति जुटाएको हो। जस अनुसार पाँच प्रतिशत जरिवाना र कैद सजायको हुने गरी व्यवस्था गरिएको समिति […]

बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु

Artharajniti  ~   नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुष्टि गरे । ‘कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरेका छौं,’ उनले भने, ‘बिहारमा १२५ मेगावाट […]

प्रणालीबाट एक खर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

Artharajniti   ~ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार एक खर्ब रूपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि यो रकम तान्न लागेको हो। यसअघि भदौ २ गते प्रणालीबाट खिचेको एक खर्ब रकम प्रणालीमै फर्किन लागेसँगै राष्ट्र बैंकले यो रकम खिच्न लागेको हो। अहिले बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी भएको, कर्जा विस्तार […]

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जा योजना

Artharajniti   ~  माछापुच्छ्रे बैंकले आउदैँ गरेको नेपालीहरूको महान् चाडपर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । त्यसैगरी गाडी कर्जा लिन ईच्छुक […]

४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप […]

बैंकहरूमा सेयर कर्जाको माग बढ्यो

Artharajniti   ~  अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको छ । यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्स बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीका अनुसार पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको छ । […]

” ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उठाइन्छ ” : प्रधानमन्त्री

Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन […]