राष्ट्र बैङ्कको निर्देशन पछी बैंकहरुले फिर्ता गर्न थाले ब्याज

अर्थ राजनीति  ~  नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम […]

५७.३ मेगावाटको जलविद्युत आयोजनामा पाँच बैंकले ८ अर्बको लगानी गर्ने

अर्थ राजनीति  ~  हाइड्रो भिलेज प्रा.लि.ले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण आरम्भ गरेको ५७.३ मेगावाटको जलविद्युत आयोजनामा ५ बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैंकहरूबीच २०७९ कार्तिक २१ गते सोमबारका दिन लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मि प्रति […]

रेमिट्यान्स निक्षेप र कर्जा नवीकरण शुल्कको छानविन गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~    बैंकहरूले नियमविपरीत लिएको ब्याज फिर्ता गर्न लगाएको नेपाल राष्ट्र बैंकले अब कर्जा नवीकरणको नाममा लिइएको शुल्कबारे पनि छानविन गर्ने भएको छ ।नेपाल राष्ट्र बैंकले गत साता सबै वाणिज्य बैंकहरुलाई पत्र काट्दै गत आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको कर्जा नवीकरण र त्यसको शुल्कको विवरण मगाएको छ […]

राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । […]

चर्को ब्याज : व्यवसायीका माग राष्ट्र बैंकले कहिले सम्बोधन गर्ने ?

अर्थ राजनीति  ~  राजनीतिक दलहरू आगामी मंसिर ४ मा हुने आमनिर्वाचनका लागि सभा–सम्मेलन गर्न व्यस्त भएका बेला उद्योगी–व्यवसायी भने व्यवसाय जोगाउन भन्दै सडकमा ओर्लिएका छन् । तरलता अभावको बहानामा बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको र राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी पछिल्लो निर्देशिकाका कारण व्यवसाय धान्न सकिने अवस्था नरहेको व्यवसायीको भनाइ छ । अर्थमन्त्रालय, […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

अर्थ राजनीति  ~  झन्डै दुई वर्षपछि नेपाल आयल निगम नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको […]

आयल निगम नाफामा जाँदा पनि पेट्रोलियमको मूल्य घटाउन मानेन

अर्थ राजनीति  ~  नेपाल आयल निगमले नाफामा जाँदा पनि इन्धनको मूल्य घटाउन आलटाल गरिरहेको छ।दसैंभन्दा अघि भारतबाट आएको पेट्रोलियमको नयाँ मूल्यपछि निगम मासिक साढे एक अर्बभन्दामाथि नाफामा थियो। तर अक्टोबर १६ मा  इन्डियन आयल कर्पोरेशनले पठाएको पेट्रोलियममा नयाँ मूल्य बढेर आएकाले निगमको नाफा मासिक ७८ करोड रुपैयाँमा झरेको निगमले जनाएको छ। बढेर आएको नयाँ मूल्य […]

साँवा ब्याजको भुक्तानी समयसीमा बढाउन होटल संघको माग

अर्थ राजनीति  ~  होटल एसोसियसन अफ नेपाल (हान) ले बैंकको साँवा ब्याज भुक्तानीका लागि समयसीमा बढाउन राष्ट्र बैंकलाई अनुरोध गरेको छ। हानले आइतबार प्रेस विज्ञप्ती निकाल्दै साँवा व्याज भुक्तानीको समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा उपलब्ध गराउन माग गरेको हो। चालू आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा सहजता ल्याउन र […]

बैंकहरुमा थपियो आठ अर्ब निक्षेप, कर्जा प्रवाह शून्य

अर्थ राजनीति  ~  तिहार नजिकिँदै गर्दा बैंकहरुमा पैसा आउन थालेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा  निक्षेप बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज २१ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ११ अर्ब रुपैयाँ […]

तरलता संकट : राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्दै

अर्थ राजनीति  ~   बैंकहरु चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरीद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो। बैंक […]