प्रतिनिधिसभा बैठक बस्दै

Artharajniti  ~  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने तथा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने  कार्यसूची रहेको संसद् सचिवालयले […]

” मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुङ्गिन्छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् । मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो । बालकुमारी […]

काठमाडौं महानगरमा फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ । महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ । घरेलु फोहोर दिगो […]

” त्रिवि उपकुलपति नियुक्तिको विषय टुङ्गिएको छैन ” : प्रधानमन्त्री दाहाल

Atharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय नटुङ्गिएको बताएका छन् । सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ ।  ‘त्रिभुवन विश्वविद्यालको उपकुलपति नियुक्ति भइसकेको छैन । आज बिहान गोरखा–पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, बधाई दिएर भ्रम फैलाउने काम भएको […]

सरकारलाई घुँडा टेकाउने आन्दोलनका कार्यक्रम ल्याउँदै एमाले

Artharajniti  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गठबन्धन सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने भएको छ । मंगलबारदेखि सुरु हुने सो पार्टीको केन्द्रीय कमिटी बैठकमार्फत निर्णय गर्दै सरकारविरोधी आन्दोलनको तयारीमा जुटेको एमालेले सदनदेखि सडकसम्मका आन्दोलनका कार्यक्रमहरु तय गर्ने भएको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकमा पेस हुने ६ वटा एजेण्डा तय […]

बैंकर्स साथीहरु ! ब्याज घटाएर लगानीकर्तालाई किन जिस्काउनु हुन्छ ? भोलि लगानीकर्ता खोज्न घर घर धाउने अवस्था शिर्जना गर्न खोज्नु भएको त हैन ? ! डा. युवराज खतिवडा | पूर्व गभर्नर |

अर्थ राजनीति ~ पूर्व गभर्नर, डा. युवराज खतिवडा र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता मनोज पौड्याल बीच भएका नेपाली अर्थतन्त्र  तथा समयसामयिक अर्थतान्त्रिक कुराकानी : हेरौ पुरा भिडियो तल Link मा ;

” ठूलो आर्थिक संकट टर्‍यो, अर्थतन्त्र लयमा फर्काउने चुनौती छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष अघिको ठूलो आर्थिक संकटबाट मुलुक बाहिर आएको दाबी गरेका छन् । संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री दाहालले मुलुक आर्थिक संकटमा भएको चिन्ताबाट बाहिर आए पनि उत्पादन रोजगारी र सरकारको खर्चबाट अर्थतन्त्रलाई पुनः लयमा फर्काउनेतर्फ चुनौती कायम रहेको बताए । उनले अब सरकारको सम्पूर्ण ध्यान यसैतर्फ केन्द्रित रहेको बताए । […]

” यस्तै अवस्था रहे अर्को साल कुनै पनि बैंकले लाभांश बाँड्न सक्दैनन् ” : सीईओ ढुंगाना

Artharajniti   ~  बैंकरहरुले समाजमा चलेका गलत हल्लाको पछि नलाग्न आफ्ना ग्राहकहरूलाई आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित नेपालको ‘बैंकिंग क्षेत्रको अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक बहस कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् । सो कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले  सामाजिक संजालमा गलत प्रचार गरेका कारण वित्तीय क्षेत्र खस्किन सक्ने […]

बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

Artharajniti   ~  नेकपा एमालेले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ। आइतबार प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले पुस १४ गते दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीलाई प्रधानमन्त्रीले तत्काल हटाउनुपर्ने माग गरेका हुन्।  बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले […]

” आर्थिक रुपान्तरणको बलियो आधार ऊर्जा, पर्यटन, कृषि र प्रविधि ” : अर्थमन्त्री डा. महत

Atharajniti  ~   अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन्। बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा. महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरेका हुन्। ‘मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति […]