” गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्छु ” मेयर बालेन

अर्थ राजनीति  ~  हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक छोडेकोबारे काठमाडौं महानगरका  मेयर बालेन शाहले  स्पष्टीकरण दिएका छन्। बैठक तीन दिनको लागि आयोजना गरिएको थियो। तर मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर फर्किएका छन्। तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुगेका बालेन र सुनिता एकदिन मात्र बैठकमा सहभागी […]

” कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्‍याउन सकिएन ” : शिक्षामन्त्री पौडेल

अर्थ राजनीति  ~ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले गत बर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो बर्ष १ महिना अगाडि सारिएको बताए । कोभिड १९ का कारण शैक्षिक सत्र […]

बैंक ऋण ठप्प : जग्गा वर्गीकरण नगरी धितो रोक्का गर्न नपाइने

अर्थ राजनीति  ~  तयारीविना सरकारले अपरिपक्व निर्णय गर्दा जग्गा धितोमा दिइने बैंक ऋण ठप्प भएको छ। मालपोत कार्यालयहरुले पछिल्लो निर्णय भन्दै जग्गा रोक्का गर्न नमानेपछि सोमबारबाट बैंक तथा वित्तीय संस्था, सहकारीबाट जाने ऋण ठप्प भएको हो। कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने सरकारले निर्णय गरेको छ। स्थानीय भू-उपयोग परिषद्ले कानूनले तोकेअनुसार […]

संसदमा अर्थमन्त्रीको राजीनामा माग, ‘नैतिक रुपमा पदमा बसिरहन नमिल्ने’

अर्थ राजनीति  ~  अर्थमन्त्री बनेदेखि नै विवादमा परेका नेकपा माओवादीका नेता जनार्दन शर्माको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ । एमालेले ल्याएको बजेटको प्रतिस्थापन विधेयक मार्फत संशोधन गरेर विवादमा परेका अर्थमन्त्री शर्माको बजेट अधिवेसनको छलफलका क्रममा मंगलबार राजीनामा माग गरिएको हो । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको […]

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख

अर्थ राजनीति  ~  मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको […]

आईजीपी नियुक्ति विरुद्धको रिट कामु प्रधानन्यायाधीश र न्यायाधीश चुडालको बेन्चमा

अर्थ राजनीति  ~  नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका […]

उपत्यकाको फोहोर संकलन गरेर निजी क्षेत्रले उठाउँछ वार्षिक साढे तीन अर्ब

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ। ती संस्थाले समयमा फोहोर नउठाउँदा सर्वसाधारण दुर्गन्ध मात्र होइन, विभिन्न रोगको समेत सिकार बन्न बाध्य छन् । यही जेठमा मात्र उपत्यकाको फोहोर […]

” रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमईको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए । रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी […]

गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठक बस्दै

अर्थ  राजनीति  ~ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ। गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना(२०७९ स्वीकृत गर्ने एजेण्डा छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट […]

परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित

अर्थ राजनीति  ~  परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् । समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् । सभापति […]