“गठबन्धनको दुई तिहाइ बहुमत आउँछ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनको पक्षमा दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । गृहजिल्ला डडेल्धुराको चुनावी अभियानका क्रममा पत्रकारसंग  विशेष कुराकानी गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले दुई तिहाइ ल्याउनेमा द्विविधा नभएको बताए । ” नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सहितको […]

देशलाई अस्थिरतामा लैजान खोजिँदैछ, सचेत रहनुपर्छ : प्रकाशमान सिंह

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार प्रकाशमान सिंहले केहीले देशलाई अस्थिरतातर्फ लैजान खोजेकोले मतदाता सचेत रहनुपर्ने बताएका छन्। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषय ठिक छैन भन्दै देशलाई पुन: अस्थिरतातर्फ धकेल्न खोजिएकोले सचेत रहनुपर्ने उनले बताए। उनले संविधान कार्यान्वयनका लागि आफूहरूलाई मत दिन पनि आग्रह गरेका थिए। ‘के […]

चर्को ब्याज : व्यवसायीका माग राष्ट्र बैंकले कहिले सम्बोधन गर्ने ?

अर्थ राजनीति  ~  राजनीतिक दलहरू आगामी मंसिर ४ मा हुने आमनिर्वाचनका लागि सभा–सम्मेलन गर्न व्यस्त भएका बेला उद्योगी–व्यवसायी भने व्यवसाय जोगाउन भन्दै सडकमा ओर्लिएका छन् । तरलता अभावको बहानामा बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको र राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी पछिल्लो निर्देशिकाका कारण व्यवसाय धान्न सकिने अवस्था नरहेको व्यवसायीको भनाइ छ । अर्थमन्त्रालय, […]

प्रतिनिधि-प्रदेशसभा निर्वाचन : सियोदेखि मतपेटिकासम्म विदेशबाटै

अर्थ राजनीति  ~  ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

अर्थ राजनीति  ~  झन्डै दुई वर्षपछि नेपाल आयल निगम नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको […]

आयल निगम नाफामा जाँदा पनि पेट्रोलियमको मूल्य घटाउन मानेन

अर्थ राजनीति  ~  नेपाल आयल निगमले नाफामा जाँदा पनि इन्धनको मूल्य घटाउन आलटाल गरिरहेको छ।दसैंभन्दा अघि भारतबाट आएको पेट्रोलियमको नयाँ मूल्यपछि निगम मासिक साढे एक अर्बभन्दामाथि नाफामा थियो। तर अक्टोबर १६ मा  इन्डियन आयल कर्पोरेशनले पठाएको पेट्रोलियममा नयाँ मूल्य बढेर आएकाले निगमको नाफा मासिक ७८ करोड रुपैयाँमा झरेको निगमले जनाएको छ। बढेर आएको नयाँ मूल्य […]

गठबन्धनको बैठक बस्दै, शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने

अर्थ राजनीति  ~  आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार […]

ओली : अभियोग पुष्टि नहुँदै नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा !

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीशको बचाउमा उत्रेका छन् ।  बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको भन्दै आक्रोश व्यक्त गरे ।‘महाभियोगजस्तो विषयमा ६ महिनासम्म चुपचाप लाग्न मिल्छ ? फागुन १ गते दर्ता भएको महाभियोग […]

गठबन्धनको बैठक बस्दै : सिट बाँडफाँटलाई अन्तिम रुप दिने

अर्थ राजनीति  ~  सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न […]

नागरिकता विधेयकः सरकार–राष्ट्रप्रमुख दूरी बढ्यो

अर्थ राजनीति  ~  संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् । गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक […]