काठमाडाैंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

अर्थ राजनीति  ~  काठमाडाैंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएकाे छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हाे । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीसँग झडप भएकाे प्रत्यक्षदर्शी श्याम पाेखरेलले बताउनु भयाे। प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा […]

एमाले अध्‍यक्ष ओली अस्वस्थ

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । भाइरल ज्वरोले स्वास्थ्यमा समस्या देखिएको अध्‍यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् । ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन् […]

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण: पौडेलविरुद्ध ६९ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

अर्थ राजनीति  ~  सेक्युरिटी प्रिन्टिङ प्रेस सञ्चालन तथा सुरक्षणका लागि पावर सिस्टम र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांक लगायत खरिदमा घोटाला भएको छ । घोटाला भएको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे । पौडेलविरुद्ध राज्यकोषको ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पु(याएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको […]

महानगरले फोहोर नउठाएपछि सिंहदरबारले खोज्यो व्यवस्थापनको विकल्प

अर्थ राजनीति  ~    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिएको आइतबार ९ दिन भइसकेको छ । तर पनि सिंहदरबार भित्रका मन्त्रालयको प्राङ्गण वरपर फोहोर देखिएको छैन भने दुर्गन्ध पनि फैलिएको छैन । फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। […]

प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति

अर्थ राजनीति  ~   प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश […]

परिचयपत्रलाई नचिन्दा एक जना पूर्वमन्त्री नै समस्यामा

अर्थ राजनीति  ~  राष्ट्रिय  परिचयपत्रलाई  सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ । सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ । तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै  समस्यामा परेका छन् । राष्ट्रिय  परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री […]

प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ । त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव […]

प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री दाहाललाई दवाव

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालालाई नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न दवाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दवाव दिएका हुन् । प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले […]

मन्त्री छनोटका लागि शेखर–गगन समूहको बैठक बालुवाटारमा

अर्थ राजनीति  ~  आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसिरहेको छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय, बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको छ । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ । चैत १७ […]

सिन्धुलीगढी दुर्घटना : घटनास्थलबाट ३ जनाको शव निकालियो

अर्थ राजनीति  ~  काठमाडौँतिर आउँदै गर्दा सिन्धुलीगढीमा दुर्घटनामा परेर मृत्यु भएका ३ जना भारतीय नागरिकको शव निकालिएको छ । सडकबाट ५ सय मिटर तलबाट शव निकालिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले  बताए । बिआर ०७ डीडी ०६८७ नम्बरको भारतीय कार आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुकेशकुमार चौधरी, मुत्यैज […]