असार मसान्तसम्म मर्जर सक्ने बैंकले राष्ट्र बैंकबाट छुट सुविधा पाउने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैकले मर्जर तथा एक्विजिसनमा दिंदै आएको छुट सुविधा असार मसान्त २०८० सम्म एकीकृत कारोबार गर्ने बैंकहरूले पाउने भएका छन् । राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकलाई लक्षित गर्दै मर्जरमा पाउने सुविधा थप गरेको छ ।चालु आर्थिक वर्ष (आव) २०७९/८० को मौद्रिक नीतिमा २०७९ पुस मसान्तभित्र मर्जर सम्पन्न […]

” यहाँ इमान्दार मान्छेको काम छैन ” : अर्थमन्त्री महत

अर्थ राजनीति  ~  कुनै अमुक घरानाको चाहना अनुरुप करको दरमा परिवर्तन गरेको आरोप लागेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले त्यसको कडा प्रतिवाद गरेका छन् । उनले मनपरी गर्न नपाएर केही व्यावसायीहरु आफूसँग रिसाएर अनावश्यक हिलो छ्याप्ने काम गरेको उनको भनाई छ । आर्थिक मिडिया सोसाइटी नेपालले गरेको कार्यक्रममा सोमबार साँझ बोल्दै मन्त्री महतले आफूमाथि लागेको […]

“प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रचण्ड’को भारत भ्रमण फितलो भएको बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । लिम्पियधुरा, लिपुलेक, कालापानी नेपालको संसद्ले सर्वसम्मतिले संविधान संशोधन पारित गर्‍यो । कसैको विरोध छैन […]

७० जिल्लाका निर्वाचन कार्यालय खारेजीको तयारी, आयोग असन्तुष्ट

अर्थ राजनीति  ~  निर्वाचन आयोगले ७० वटा जिल्लामा सञ्चालनमा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति असन्तुष्टि व्यक्त गरेको छ । आयोगले सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सरकारका मुख्य सचिवलाई आयोगको केन्द्रीय कार्यालय कान्तिपथ बोलाएर जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारीप्रति आयोगको प्रस्टतासहित असन्तुष्टि व्यक्त गरेको हो । हाल आयोगका ७० जिल्ला र ७ […]

रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनेपछि संसद्‍मा हङ्गामा

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि सो शब्द संसदको रेकर्डबाट हटाउन […]

नक्कली शरणार्थी प्रकरणका फरार १२ जना, कता छन् ?

अर्थ राजनीति  ~  नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार अशोक पोखरेलसहित अर्का एक फरार अभियुक्त अमेरिकामा छन् […]

” हरेक कुरामा राजनीति हुँदा देश पछि पर्यो ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक कुरामा राजनीति हुँदा देश आर्थिक, शैक्षिक लगायतका क्षेत्रहरुमा पछि परेको तर्क गरेका छन् । काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई सोमबार बिहान बालुवाटारमा सम्बोधन गर्दै प्रचण्डले अहिले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् । प्रचण्डले काठमाडौं विश्वविद्यालयले रोजगारी स्वदेशमै सिर्जना गर्न […]

सर्वोच्च अदालतको आदेशविरुद्ध मधेसमा बिहानैदेखि प्रदर्शन

अर्थ राजनीति  ~  आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् । प्रदर्शनपछि ढल्केवर जनकपुर सडकखण्ड अहिले अवरुद्ध […]

रहस्यमय दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा

अर्थ राजनीति  ~  राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी राजदरबारमै हत्या भएको थियो । उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित […]

नक्कली भुटानी प्रकरण: “अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ”

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक्रिया दिँदै संयुक्त राज्य अमेरिकाले नेपालमा यसबारे भइरहेका अनुसन्धानबाट वास्तविकता चाँडो निर्क्योल हुने आशा व्यक्त गरेको छ। नेपालबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने वाचा गर्दै कैयौँ मानिसहरूसँग करोडौँ रुपैयाँ असुलेको आरोपमा नेपाल सरकारले भूतपूर्व उपप्रधानमन्त्री र भूतपूर्व गृहमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलाएको छ।मुद्दा चलेको झन्डै एक सातापश्चात् […]