कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै

अर्थ  राजनीति  ~  संसद्को सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि भुसको आगोझैं सल्किँदै गएको छ । पार्टीका महामन्त्री गगनकुमार थापाका पछिल्ला अभिव्यक्ति, पार्टी जिम्मेवारी नपाएका युवा नेताहरूले चलाएको रूपान्तरण अभियान र सभापति शेरबहादुर देउवाको कुरा नसुन्ने प्रवृतिका कारण कांग्रेसमा असन्तुष्टि चुलिँदै गएको हो । पार्टीको आन्तरिक असन्तुष्टिलाई छलफलका माध्यमबाट समाधान गर्नेतर्फ […]

” कोशीमा भइरहेको अराजक गतिविधिलाई राज्यले छुट दिँदैन ” : गृहमन्त्री श्रेष्ठ

अर्थ राजनीति   ~   उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो। एमाले सांसद योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी […]

“भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ ” : डा भट्टराई

अर्थ राजनीति  ~   नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने बताएका छन् । आजदेखि भक्तपुरमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकमा उनले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताएका हुन् ।“देशमा चरम भ्रष्टाचारको विकृति […]

काठमाडौँ महानगरले विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत  आगामी  वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो । कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या […]

कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी

अर्थ राजनीति  ~  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको समयावधि दिएर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।आज २६ जेठसम्म कार्कीविरुद्ध उजुरी दिन आह्वान भएकामा नौ दिनसम्म कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध एक दर्जन उजुरी […]

सर्वोच्च बार : ” नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ “

अर्थ राजनीति  ~  सर्वोच्च अदालत बार एशोसिएशनले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ ।बार एशोसिएशनका सचिव श्यामकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा रामचन्द्र राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरिएको हो ।‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त […]

सहकारीको अर्बौ ठगीको मुद्दा सीआइबीमा

अर्थ राजनीति ~ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी) करौडौं रुपैयाँ ठगी भएको सहकारी अनुसन्धानमा जुटेको छ। गम्भीर र विशेष प्रकृतिको अनुसन्धानको लागि खडा भएको सीआइबीले आर्थिक अपराधसँग जोडिएका घटनाको पनि अनुसन्धान गर्छ। तर पछिल्ला समयमा सहकारी ठगीमा धेरै समय सीआइबीले खर्चिएको छ।अहिले पनि सीआइबीमा हाई प्रोफाइल सहकारी ठगीका फाइलहरू पुगेका छन्। जसमा केहीको अनुसन्धान भइरहेको […]

” बिचौलियालाई छेउछाउ पर्न दिइनँ ” : अर्थमन्त्री महत

अर्थ राजनीति  ~  अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता अस्वीकार गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लगाएपछि उनले त्यसलाई अस्वीकार गरेका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएर करको दर हेरफेर गरेको भन्ने भनाइको खण्डन गर्दै अर्थमन्त्री महतले पारदर्शी ढंगबाट […]

प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी

अर्थ राजनीति ~  संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो। सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ। नीति […]

आजको प्रतिनिधिसभा बैठक समय सर्‍यो

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको समय परिवर्तन गरिएको छ । मंगलबार बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको उनले जारी […]