विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रम दाहाल

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उहाँले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताउनुभयो । प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको […]

किन सार्वजनिक हुँदैन प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण ?

अर्थ राजनीति ~  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रधानमन्त्री र अरू सबै मन्त्रीको सम्पत्ति विवरण राखिएको जनाइएको छ। तर, विवरण हेर्न खोज्दा पेज खुल्दैन, गोप्य राखिएको छ। अहिले  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको ८ महिना पूरा हुँदा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएको छ। यसअघि २०७८ असार २९ गते गठित सरकारका प्रधानमन्त्री शेरबहादुर […]

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति पौडेल

अर्थ राजनीति ~ राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताउनुभएको छ । विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गर्नुभएको छ । “बाघको संरक्षणमा नेपालले संसारमा […]

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताउनुभयो । उहाँले उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर […]

दुवै सदनबाट मिटरब्याज विधेयक पारित, कारबाहीको बाटो खुल्यो

अर्थ राजनीति  ~  मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो। दुवै सदनबाट पारित विधेयक अब  प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने छ। विधेयकको प्रकृति नै परिमार्जन गरेर तल्लो सदनले फिर्ता पठाएको भन्दै राष्ट्रिय सभाले केही दिन संशोधन […]

हिक्मत कार्की नै कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्री

अर्थ राजनीति ~ सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रवार कामचलाउ सरकारको मुख्यमन्त्रीमा पदवहाली गर्ने भएका छन् । सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री कार्की पुनः पदवहाली गर्ने भएका हुन् । […]

काठमाडौं महानगरका स्थायीबासीलाई कर छुट सुविधा

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ। महानगरले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो। महानगरमा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा यो छुट दिइनेछ। उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर […]

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

अर्थ राजनीति ~ राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियोे । सो अवसरमा […]

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

अर्थ राजनीति  ~ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उहाँले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय योजनाका कारण धेरै गुनासा आएको जनाउँदै अब मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरिने बताउनुभएकोे हो ।  उहाँले अन्तिम […]

गगनलाई मिनेन्द्रको सुझाव : संसदीय दलको नेतामा मन नडुलाउनुस्

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भएपनि केही विषयमा कुरा नमिलेको बताए । ‘ सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी […]