“गौर हत्याकाण्डबारे केही गर्न नसकेकोमा आत्मालोचित छौं ” : डा. भट्टराई

अर्थ राजनीति  ~  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे (गौर हत्याकाण्डबारे) केही गर्न नसकेकोमा आत्मालोचित छौं ।’ बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ […]

कर्नालीको मर्म पुस्तकको परिचर्चा “इतिहास¸ विकास र भविश्यको खोजी”

अर्थ राजनीति ~ विभिन्न समालोचकहरुले डा. दीपेन्द्र रोकायाद्धारा लिखित “कर्नालीको मर्म” पुस्तकले कर्नालीको इतिहास¸ विकास र भविश्यको खोजी गरेको बताएका छन्। उनीहरुले नेपाल विकास अनुसन्धान प्रतिस्ठानको कार्यालयमा आयोजित कार्यक्रममा उक्त विचार व्यक्त गरेका हुन्। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले कर्नालीको मर्मको सात वटै अध्यायले फरक फरक सन्देश प्रवाह गरेको बताउँदै त्यसमा कर्नालीबाट […]

ललिता निवास प्रकरण : चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

अर्थ राजनीति ~  ललिता निवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयगरि सहयोग पुर्‍याएको आरोपमा चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी०ले अनुसन्धान गरिरहेको यस प्रकरणमा पूर्व मन्त्री तथा सरकारका पदाधिकारीहरुमाथी पनि अनुसन्धान गर्न अदालतले बाटो खोले लगतै चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी […]

मेयर बालेनलाई पिएचडी गर्न काठमाडौं विश्वविद्यालयको ‘फेलोसिप’

अर्थ राजनीति ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाउनुभएको छ । मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप प्रदान गरेको जानकारी सार्वजनिक गर्नुभएको हो । मेयर शाहले आफूले […]

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको निजी सचिव मोहन […]

 केन्द्रीय सचिवालय बैठकबाट इन्चार्ज निष्कासित

अर्थ राजनीति ~ नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ । कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उहाँलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार […]

सांसद देउवाविरुद्ध टिकटक बनाउनेप्रति तरुण दलको ध्यानाकर्षण

 अर्थ राजनीति ~ नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ । शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच […]

अब सुन प्रकरणको अनुसन्धान ‘सीआईबी’ ले गर्ने

अर्थ राजनीति  ~  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलो सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकपछि सुन प्रकरणको अनुसन्धानमा भएको प्रगतिबारे उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित महान्यायाधीवक्ता दिनमणी पोखरेल, राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज […]

माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप

अर्थ राजनीति  ~  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेतामाथि परिवारवादको आरोप लागेको छ । यस्तै, केही नेतामाथि ‘सुन काण्ड’मा संलग्न रहेको र संरक्षण गरेको आरोपसमेत बैठकमा लागेको छ । काठमाडौंको कमलादीमा बसेको […]

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

अर्थ राजनीति  ~   संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि […]