” सत्ता र प्रतिपक्ष मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण ” : अध्यक्ष लिङदेन

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता र प्रतिपक्ष समेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा जारी केन्द्रीय कार्यसमितको बैठकमा उनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशाका विषयमा ‘ब्रिफिङ’ गरेका छन् । उनले राप्रपा सत्ताकेन्द्रित नभएर आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको […]

” पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ ” : महामन्त्री थापा

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् । शनिबार आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन् । महामन्त्री थापाले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिए । […]

” एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्छ ” : अध्यक्ष ओली

Artharajniti ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा […]

” एमालेले भण्डारी र कांग्रेसले वीपीको विचारलाई बेचिरहेका छन् ” : सभापति लामिछाने

Artharajniti  ~   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले मदन भण्डारी र कांग्रेसले वीपी कोइरालाको विचारलाई बेचिरहेको आरोप लगाएका छन् । पार्टीले शनिबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले भजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभएको र मात्र सुशासनका एजेन्डा भएको बताए । ‘हामीसँग ठेकेदारहरुको र कार्यकर्ताको लिस्ट छैन । बेच्नका लागि हामीसँग मदन, […]

एफपीओ र मर्जरबाट दुई दिनमै करिब १३ अर्ब रुपैयाँ संकलन

Artharajniti ~  एफपीओ र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रवार र शनिवार ४ बजेसम्म एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त रकम राज्य कोषमा दाखिला भएको हो । कर दाखिला गर्ने समय आज राति […]

भुटानी शरणार्थी प्रकरणमा समातिएका बालकृष्ण खाण आज रिहा हुँदै

Artharajniti  ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि आज रिहा हुँदै छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर रिहा हुन लागेका हुन् । खाण पक्षका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेशबमोजिम शुक्रवार […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन

Artharajniti  ~  निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगका अनुसार संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्नेछ । मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन […]

मर्जर–प्राप्ति र एफपीओमा कर : बैंक तथा वित्तीय संस्थाले आजसम्म बुझाउनुपर्ने

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति र फर्दर पब्लिक अफरिङ (एफपीओ) बापत राज्यलाई बुझाउनुपर्ने कर आजसम्म बुझाउन पर्ने भएको छ । लामो समय अदालतमा पुगेको यो विषयमाथि सर्वोच्च सरकारको पक्षमा फैसला गरेपछि आजसम्म बैंक तथा वित्तीय संस्थाले कर बुझाउनुपर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक […]

” एमाले कमजोर भयो भन्ने भ्रमलाई संकल्प यात्राले चिरेको छ ” : उपमहासचिब ज्ञवाली

Artharajniti  ~  नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले मध्यपहाडी संकल्प यात्रा १६ औं दिनमा आइपुग्दा एमालेको जनतासँगको सम्बन्ध असाध्यै निकट भएको बताउनुभएको छ । एमाले कमजोर बन्दै गइरहेको छ भन्ने भ्रमलाई यो यात्राले चिरेको उहाँको दाबी छ । यात्राका क्रममा देश बिकास र सम्बृद्धिका लागि एमाले बाहेक अर्को शक्ति छैन भन्ने जनतामा दर्विलो बिश्वास पाएको उहाँले […]

काठमाडौँ महानगरपालिकाले २९औँ स्थापना दिवस मनाउँदै

Artharajniti   ~   काठमाडौँ महानगरपालिका स्थापनाको भएको आज २९ वर्ष बितेको छ । २९औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । महानगरपालिकाले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने […]