नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, १५ वर्षमा पेन्सन पाउने

Artharajniti   ~  नागरिक लगानीकोषले नागरिक पेन्सन योजना कार्यान्वयनमा ल्याएको छ । कोषले विभिन्न संघ, संस्था एवम् श्रमिक कर्मचारी, सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहो नेपाली नागरिक समेत सहभागी हुन सक्ने गरी यो योजना लागू गरेको हो । यस योजनामा सहभागी हुन चाहनेले मासिक न्यूनतम ५ हजारदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग […]

” काठमाडौं चलायमान सहर हो, सुरक्षा जिम्मा सरकारले लिन्छ : गृहमन्त्री लामिछाने

Artharajniti  ~  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं चलायमान सहर भएको बताएका छन् । ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला भएको घोषणा कार्यक्रमलाई वैशाख १ गते ठमेलमा सम्बोधन गर्दै उनले जतिखेर पनि, जहाँ पनि सुरक्षित भएर मानिसहरु आवतजावत गर्न सक्ने बताए । आफू पनि परिवारसहित ठमेल आएको भन्दै उनले परिवारसहित सबैले घुम्ने वातावरण बन्ने […]

” नयाँ वर्ष २०८१ मा उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वासमा छु ” : प्रधानमन्त्री दाहाल

Artharajniti   ~ प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताए। शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन। सम्बोधनमा प्रधानमन्त्रीले भने, “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प […]

सरकार सहकारी पीडितको पक्षमा नरहेको देउवाको आरोप

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सहकारी पीडितको पक्षमा नदेखिएको आरोप लगाएका छन्। उनले आइतबार पार्टीको संसदीय दलको बैठकमा आफूहरुले सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय उठाउँदा पनि बेवास्ता गर्नुले सरकार पीडितको पक्षमा नरहेको स्पष्ट भएको बताए। सहकारीको बचत हिनामिनाको विषयमा संसदीय समिति गठनको माग गर्दा सरकार यो विषय छल्न संसद् नै बन्द […]

आज राजधानीमा राप्रपाको प्रदर्शन

Artharajniti ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गरेको छ । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गरेको हो । अपराह्न भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न […]

” गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ ” : कांग्रेस सभापति देउवा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । ‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । […]

” देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्छ ” : अध्यक्ष ओली

Artharajniti   ~  एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका छन् । त्यसका लागि एक भएर जानुको विकल्प नभएको उनको भनाइ छ । ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् । चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने […]

” प्रचण्डले राजीनामा दिएर नयाँ चुनाव गर्नु उपयुक्त हुन्छ ” : अध्यक्ष भट्टराई

Artharajniti   ~  नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरेका छन्। २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए। त्यसबेला उनी तत्कालीन सत्ता गठबन्धनका दल नेपाली कांग्रेससहितबाट साझा […]

” नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन्। मध्यपश्‍चिम विश्‍वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनःसंरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्‍वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन्।  विश्‍वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्वनिर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्‍चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री […]

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

Artharajniti   ~  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा […]