युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

अर्थ राजनीति  ~  युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड गाभिने भएका छन् । सम्झौतामा दुवै कम्पनीका मर्जर समितिका सञ्चालकहरु रविन्द्रराज पन्त र चिरञ्जीवी द्वाले हस्ताक्षर गरेका छन् । गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड हुने सहमति भएको छ ।

माघदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

अर्थ राजनीति ~  नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएलगत्तै बुधबार साँझ बसेको बैठकले अहिले दिईदै आएको ब्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा १० प्रतिशत घटाउने निर्णय गरेको हो । वाणिज्य बैंकहरुले ब्यक्तिगत मुद्दती खातामा १२ दशमलव १३ प्रतिशत दिंदै आएकोमा माघदेखि उक्त ब्याजदर ११ प्रतिशतमा झर्ने छ […]

प्रभु र सेन्चुरी बैंकले आजदेखि थाले एकीकृत कारोबार

अर्थ  राजनीति  ~  प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै रहनेछन् । यसअघि पनि शेरचनले नै प्रभु बैंकको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । सेन्चुरीसँग […]

एमाले अध्यक्ष ओली : -‘अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा छ’

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। आज  प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा देखिएको अवस्था अहिले संसदको प्रमुख जिम्मेवारी भएको बताउँदै अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका हुन्। सरकारले चाहे अनुसारको राजस्व संकलनसमेत नगरेको उनले बताए। वैदेशिक मुद्रा सञ्चिति नहुँदा आयात गर्ने अवस्था नरहेको भन्दै अहिलेको […]

“बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्छ “: प्रधानमन्त्री दाहाल

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्ने बताएका छन् । आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो ध्यान देशको आर्थिक समृद्धिमै रहेको बताए । उनले निजी क्षेत्रले सहयोग गरे यो सरकारकै समयमा आर्थिक समृद्धि हाँसिल हुने बताएका छन् । यसका लागि गभर्नर […]

“बैंक बलियो भए मात्रै अर्थतन्त्र सबल हुन्छ” : अध्यक्ष गोल्छा

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान […]

चालु पुँजी कर्जा संशोधन : उद्योगीहरू ‘पर्ख र हेर’को स्थितिमा

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कात्तिक महिनादेखि लागु भएको चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि उद्योगीहरू ‘पर्ख र हेर’को स्थितिमा देखिएका छन् । केन्द्रीय बैंकले ल्याएको मार्गदर्शन खारेज र ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका उद्योगी/व्यवसायी यतिबेला भने ‘पर्ख र हेर’को रणनीतिमा देखिएका हुन् । कात्तिकदेखि लागु भएको मार्गदर्शनलाई केन्द्रीय बैंकले २ महिनापछि हिजो बुधबार […]

सुनको भाउ प्रतितोला १ लाख ३१ सय रुपैयाँ पुग्यो

अर्थ राजनीति  ~   नेपाली बजारमा सुनको मूल्य प्रतिदिन बढ्दो क्रममा रहेको छ। सुनको मूल्य हाल यस वर्षकै उच्च बिन्दुमा पुगेको छ। बुधबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ सय रुपैयाँ र तेजाबी सुन […]

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर बिच अर्थतन्त्रको अवस्थाबारे छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । […]

विदेशबाट मोबाइल ल्याउँदा १८ प्रतिशत भ‌न्सार लाग्ने निर्णयबाट पछि हट्याे सरकार

अर्थ राजनीति  ~  विदेशबाट मोबाइल तथा ल्यापटपलगायतका सामान ल्याउँदा कडाइ गर्ने भन्सार विभागकाे निर्णय तत्काल लागू नहुने भएको छ । प्रधानमन्त्री कार्यालयले तत्कालका लागि याे निर्णय लागू नगर्न निर्देशन दिएपछि विभाग पछि हटेकाे हाे । त्रिभुवन विमानस्थल भन्सार विभागका प्रवक्ता यमराज पाण्डेले प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएसँगै १८ प्रतिशत कर लगाउने निर्णय कार्यान्वयन नगरिएको बताए ।उनले भने, […]