राष्ट्रपतिले नियुक्त गरे अमेरिका र चीनका राजदूत

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई आइतबार राजदूत नियुक्त गरेका हुन्।यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदनसमेत भएको थियो।

” हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ ” : देउवा

Artharajniti   ~  सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले रवि लामिछाने अघि कांग्रेसका नेताहरू पनि प्रहरीले समातेको तर‚ कांग्रेसले कुनै दिन हो–हल्ला नगरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउँदा […]

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

Artharajniti  ~  तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्। हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द भएसँगै हवाई भाडादर […]

बैंकिङ ठगीबाट बच्न र व्यक्तिगत विवरणहरु अरुलाई नदिन सीआईबीको आग्रह

Artharajniti   ~  बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल फेसबुक, इन्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाईबर, ईमोलगायत सामाजिक संजालको माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पार्ने र ठगी गर्ने कार्य भईरहेको भन्दै प्रहरीले सर्तक हुन अनुरोध गरेको छ। विभिन्न सामाजिक सञ्जालहरुमार्फत बैङ्क तथा वित्तिय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्दै आईरहेकोमा, हाल विभिन्न […]

” शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताएका छन् । मकवानपुरको हेटौंडामा  आज बिहान  पत्रकार भेटघाटमा उनले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको बताए । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायल-हमास […]

रवि लामिछानेलाई लगियो अदालत

Artharajniti  ~  सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ। सभापति लामिछानेलाई आइतबार कास्की जिल्ला अदालत उपस्थित गराइएको हो। कात्तिक २ गते केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरी पोखरा लगेपछि उनलाई चौथो पटक अदालतमा उपस्थित गराइएको छ। पटक-पटक म्याद थप गरेर लामिछानेमाथि अनुसन्धान गरिएको […]

” जीबी राई पक्राउ नपर्नुमा कांग्रेस-एमालेकै हात ” : सहकारी पीडित

Artharajniti   ~  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारी ठगीका मुख्य योजनकार जीबी राईलाई पक्राउ नपर्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो । सहकारी ठगीमा संलग्न जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको उनीहरुले आरोप लगाएका छन् […]

” मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि अदालत उपस्थित हुन्छु ” : मनाङे

Artharajniti   ~  गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् । केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो । यद्यपि, उनले सर्वोच्चको […]

उपनिर्वाचनको तयारीमा कांग्रेस : बागमती र लुम्बिनी प्रदेशसँग छलफल गर्दै

Artharajniti   ~  मङ्सिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज बागमती र लुम्बिनी प्रदेशका नेतृत्वसँग छलफल गर्दैछ । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गर्न लागेको हो । समिति सदस्य तथा  स्थानीय तह समन्वयको जिम्मेवारी पाएका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक केहीबेरमा सुरु […]

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Artharajniti  ~   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।  शनिबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । साथै आगामी मङ्सिर १६ गते हुन […]