अमेरिकाबाट निष्कासित ३७ नेपालीलाई आज नेपाल ल्याइदै

Artharajniti  ~  अमेरिकाबाट निष्कासित ३७ जना नेपालीलाई आज चार्टर विमानबाट नेपाल ल्याइने भएको छ । अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन् । अध्यागमनले डिपोर्ट भएका […]

प्रभु बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

Artharajniti  ~  प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित “Euromoney Award for Excellence 2025” अन्तर्गत ‘Nepal’s Best Digital Bank for SMEs’ को उपाधि प्राप्त गरेको छ। यो सम्मान हालै सिङ्गापुरमा आयोजित एक समारोहमा प्रदान गरिएको बैंकले जनाएको छ । यो उपलब्धिले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी […]

” ममाथि राजनीतिक षड्यन्त्र गरियो ” : उपसभामुख राना

Artharajniti  ~  प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्ण रूपमा खारेज गरेकी छन् । न्युजसँगको कुराकानीमा उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताएकी हुन् । उनले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । […]

पुटिनसँग ओलीले राखे सिधा हवाई उडानसहितका यी तीन कुरा

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् । सोमबार साँझ तियान्जिनको होटल रिट्ज कार्ल्टनमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पुटिनसमक्ष राखेका हुन् । प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव […]

“भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ ” : प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् । सोमबार साँझ सम्पन्न पार्टीको एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए । उनले भने, ‘सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा […]

रास्वपा र राप्रपासँग सरकारले संवाद नगरेकोप्रति सभामुख चिन्तित

Artharajniti  ~  सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाले लामो समयदेखि नियमित प्रतिनिधिसभा बैठकमा सहभागी नभएकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । भिजिट भिसा प्रकरणको छानबिनको माग राखेर लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका सांसदहरू नियमित बैठकमा सहभागी नभएको उल्लेख गर्दै आजको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले भने- ‘यस सम्बन्धमा म […]

नेपाल प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

Artharajniti  ~  सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा  चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण अघि बसेको मन्त्रिपरिषद्को बैठकले आगामी १८ गते देखि लागु हुने गरी खापुङलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । २०५२ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरी प्रवेश गरेका खापुङ अहिले केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् […]

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार

Artharajniti  ~  आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै आज दुवै दलले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर […]

सुनको मूल्य २ लाख नाघ्यो, हालसम्मकै उच्च मूल्य

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम भएको हो । सुनको मूल्य यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ थियो । जसअनुसार आज १२०० […]

आज प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् । चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थालाई पनि प्रधानमन्त्रीले सम्बोधनमा […]