सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति, अनसन-धर्ना आजैदेखि स्थगित

अर्थ राजनीति  ~  सरकार र सहकारीपीडितबीच ७ बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघरमण्डलामा जारी राखेको अनसन-धर्ना आजैदेखि स्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो । छलफलबाट सहकारी […]

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

अर्थ राजनीति ~ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताउनुभयो । […]

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८५ करोड

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कठिन लगानीका बाबजुदपनि बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा १० प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष बैंकको खुदा ब्याज आम्दानी समेत १०.५ प्रतिशतले बढ्दै ५ अर्ब ३८ करोड नाघेको छ । सोही अवधिमा यता […]

एमालेले संसदमा जारी राखेको अवरोध खुलाउन सभामुखले गरे पहल

अर्थ राजनीति  ~   सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधि सभामा एमालेले जारी राखेको अवरोध खुलाउने मुख्य एजेण्डा तय गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । उक्त बैठक दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझी उच्च अदालत पुगे

अर्थ राजनीति  ~  नक्कली शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको र सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै नेताहरु उच्च अदालत पुगेका हुन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री […]

संवैधानिक परिषद्को बैठक बस्दै: प्रधानन्यायाधीश सिफारिस गर्ने

अर्थ राजनीति  ~  संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ । संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल […]

तस्करको ‘कनेक्सन’ राजनीतिक नेतृत्वसम्मै

अर्थ राजनीति  ~  अहिलेसम्मकै ठूलो मानिएको सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग देखिएपछि राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा पर्न थालेका छन् ।अझै सत्तारुढ दल माओवादी केन्द्रकै केही नेतासँग तस्करको उठबस भएका केही तथ्यहरूसमेत देखिएपछि अनुसन्धान अधिकृतहरूलाई थप सकस परेको बताइएको छ । यद्यपि, अनुसन्धान […]

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रम दाहाल

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उहाँले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताउनुभयो । प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको […]

किन सार्वजनिक हुँदैन प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण ?

अर्थ राजनीति ~  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा प्रधानमन्त्री र अरू सबै मन्त्रीको सम्पत्ति विवरण राखिएको जनाइएको छ। तर, विवरण हेर्न खोज्दा पेज खुल्दैन, गोप्य राखिएको छ। अहिले  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको ८ महिना पूरा हुँदा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राखिएको छ। यसअघि २०७८ असार २९ गते गठित सरकारका प्रधानमन्त्री शेरबहादुर […]

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति पौडेल

अर्थ राजनीति ~ राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताउनुभएको छ । विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गर्नुभएको छ । “बाघको संरक्षणमा नेपालले संसारमा […]