सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

Artharajniti  ~  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । महामन्त्री प्रदीप पौडेलले भोलि (शुक्रबार) पार्टी कार्यालय जाने जानकारी दिए ।  पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र […]

प्रतिनिधिसभा निर्वाचन : काठमाडौमा ७लाख १०हजार ७०८मतदाता, २५७ उम्मेदवार

Artharajniti   ~  सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६  रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र […]

” निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस् ” : अध्यक्ष ढकाल

Artharajniti  ~  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेन्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको बुधबार उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यति बेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका […]

एसईईको परीक्षा चैत १९ देखि शुरु हुने

Artharajniti ~  यस वर्षको  कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता नै हुने तय भए पनि निर्वाचनका कारण मिति पछि सारिएको हो । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि सुरु गर्ने निर्णय भएको […]

“जनलहरले शुभ संकेत देखाइसक्यो, मैले बोल्नै पर्दैन “: रवि लामिछाने

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालती प्रक्रियाको सम्मान गर्ने बताएका छन् । चितवनमा रहेका लामिछानेले बुधबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सो विश्वास व्यक्त गरेका हुन् ।आफूलाई पूराना राजनीतिक दल र राज्य संयन्त्रले अनावश्यक कुरा लगाएर मुद्दा लगाइएको भए पनि अदालतप्रति न्याय पाउनेमा पूर्ण विश्वास रहेको दाबी गरे । उनले भने […]

सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ

Artharajniti  ~  निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ । सर्वोच्च अदालतबाट यसअघि भएको ‘राइट टू रिजेक्ट’को व्यवस्था गर्नु भनी दिएको आदेश कार्यान्वयन नभएको भन्दै दायर रिटमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगसँग महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ । […]

सभापति थापा : “परिष्कृत कांग्रेसमार्फत समुन्नत देश बनाउन प्रतिबद्ध छौँ “

Artharajniti ~  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणप्रति प्रतिबद्ध भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले यस्तो बताएका हुन् । ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ’, तपाईंको सभापति भन्दै थापाले लेखेका छन् । थापा २७ देखि ३० पुससम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । […]

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

Artharajniti  ~  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन्। विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन […]

” सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो ” : प्रधानमन्त्री कार्की

Artharajniti ~  प्रधानमन्त्री सुशीला कार्कीले सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी छन् । मंगलबार एक सन्देश जारी गर्दै कार्कीले यस्तो उल्लेख गरेकी छन् । मंगलबार मुलुकभर आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ । सो कार्यमा उत्साहपूर्ण सहभागीता देखिएको भन्दै कार्कीले यस्तो जनाएकी हुन् । “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आगामी फागुन २१ गते […]

” सरकारले निष्पक्ष भएर चुनाव गराउँछ ” : गृहमन्त्री अर्याल

Artharajniti  ~  सरकारले निष्पक्ष भएर निर्वाचन गराउने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएक हुन् ।‘सरकार निष्पक्ष र तटस्थ हुन्छ । त्यहीअनुसार निर्वाचन हुन्छ । निष्पक्षताको प्रत्याभूति दिलाउँछौं,’ मन्त्री अर्यालले भने । सरकार सबैको अभिभावक रहेको उनले बताए । ‘२३ र २४ भदौको घटनापछि देश अभिभावकविहीन […]