” निर्वाचनका लागि बजेट अभाव हुन दिँदैनौँ ” : मन्त्री खनाल

Artharajniti  ~ अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन् । पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका हुन् । देशको अर्थतन्त्रलाई बलियो बनाउन […]

गृहमन्त्री :- ” निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिनुहोस्”

Artharajniti  ~  गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण सुरक्षा प्रबन्ध मिलिसकेको बताएका छन् । निर्वाचन सुरक्षाका सम्पूर्ण तयारीका प्रबन्ध मिलिसकेको बताउँदै गृहमन्त्री अर्यालले निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरे । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने […]

“लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैन” : सभापति लामिछाने

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताउनुभएको छ । बिहीवार कर्णालीमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताउनुभएको हो । उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्र खतरा हेलिकप्टरबाट भागेसंगै टरेर गएको बताउनु भयो । उहाँले भागेको हेलीकप्टर फेरि सिंहदरबारमा […]

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरु जस्तै आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, […]

यसपटक देशले जित्छ, जनताले जित्छ : रवि लामिछाने

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको दाबी गरेका छन् । चितवन–३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले चितवनबाट भएको क्रान्तिलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाएको बताए । उनले भने, ‘चितवन त्यस्तो ठाउँ जहाँबाट रगतको थोपो नबगी क्रान्तिको […]

मतपत्र छाप्ने काम सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

Artharajniti  ~  २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न भएको जानकारी दिए । आजदेखि सबै मतपत्र  ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । प्रबन्ध निर्देशक पौडेलले भने, ‘प्रत्यक्षतर्फ २ करोड ३ […]

” हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ ” : प्रधानमन्त्री

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् । बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन (फागुन २१) मै चुनाव हुने बताएकी हुन् । ‘पुरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ । हामीले मौसमको पनि अध्ययन गरिरहेका छौ, पुरै सम्भव छ’, […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी

Artharajniti  ~  जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको जनाएको छ । […]

विश्वप्रकाशको प्रश्न : “०६४ मा झैं गल्ती गर्ने कि ०७० जस्तै विवेक पुर्‍याउने ?”

Artharajniti  ~  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति दाङले बुधबार घोराहीमा तीन वटै क्षेत्रका उम्मेदवारहरू सहभागी गराएर आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलामा उनले यस्तो बताएका हुन् । ‘आज नेपाली मतदाताले गम्भीर भएर निर्णय लिनुछ, ०६४ मा झैं गल्ती गर्ने कि ०७० मा झैं […]

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

ARTHARAJNITI  ~  आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो। चाँदीको […]