राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल आज हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक […]

समानुपातिकतर्फको मतगणना सकियो, सिट संख्या निर्धारणको गृहकार्य सुरु

Artharajniti  ~  फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । बुधबार गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ सबै क्षेत्रको मतगणना सकिएको हो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको छ। योसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने […]

रवि र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना

Artharajniti   ~  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन् । मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन् । उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त […]

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरमा वायु प्रदूषण अत्यधिक बढ्याे

Artharajniti  ~  पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत […]

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा ३ लाख १७ हजार

Atharajniti   ~   नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो भने १० ग्राम सुन […]

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत

Artharajniti  ~  प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ। १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत प्राप्त गरेको छ। चौथो स्थानमा […]

राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त

Artharajniti  ~  नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त भएको छ । आइतबारदेखि डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त भएको हो । डेपुटी गभर्नरमा उनीहरूले २०७७  फागुन २५ गते नियुक्ति लिएका थिए । तिम्सिना र मिश्रले ५ वर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका छन्। डेपुटी […]

रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरूद्धको रिटमाथि सुनुवाइ हुँदै

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ हुने भएको छ।सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो। यो रिटको क्रम संख्या (झ)मा राखिएको छ। युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मीसहित कानुनका विद्यार्थीहरू […]

बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण

Artharajniti   ~   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय […]

चार प्रतिशत बढेर नेप्सेमा सर्किट ब्रेक

Artharajniti  ~  बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको छ। नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लागेको हो। बजार अब २० मिनेटमा खुल्नेछ। यदि बजार थप बढेर पाँच प्रतिशतको वृद्धि भएका दोस्रो सर्किट ब्रेक लाग्नेछ र कारोबार ४० मिनेटको लागि स्थगित हुनेछ।बजार ६ प्रतिशतमा बढेमा दिनभरीकै […]