एमाले महाधिवेशन : सबै पदको परिणाम एकैसाथ आउने

Artharajniti  ~  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको मतपरिणाम एकैसाथ आउने भएको छ । सबै उम्मेदवारको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने एमाले निर्वाचन आयोगका अध्यक्ष डा, विजय सुब्बाले जानकारी दिए । विद्युतीय मेसिनबाट चिप निकाल्ने क्रम अन्तिम चरणमा पुगेकोले केही समयपछि मतगणना सुरु हुने उनले बताए । नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ […]

लगानी बढाउन राष्ट्र बैंकको जोड

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले स्थानीय उत्पादन बढाउने गरी कर्जा प्रवाहमा केन्द्रित हुन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार केन्द्रीय बैंकका उच्च अधिकारी र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा राष्ट्र बैंकले गरेको ‘फिल्ड भिजिट’को निष्कर्ष सुनाउँदै गभर्नर डा. विश्व पौडेलले यस्तो निर्देशन दिएका हुन् । कर्जा नपाएकै कारण ग्रामीण […]

” नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँ ” : प्रधानमन्त्री

Artharajniti   ~  अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा […]

“टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ ” : मन्त्री घिसिङ

Artharajniti ~  ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । आज बिहान राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको निरीक्षण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले नेपालतर्फ पानी छोड्ने विषयमा भारतीय […]

एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै

Artharajniti  ~  नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला मंगलबार साँझ ७ बजे मतदान सारिएको थियो । मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । मतदान […]

“उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ “: राष्ट्र बैंक

Artharajniti  ~  पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका […]

ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार

Artharajniti   ~  नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको बताइएको छ ।  उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको […]

बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै नीतिगत दर घटेपछि बैंकहरूको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि […]

” तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ ” : गृहमन्त्री

Artharajniti  ~  गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् । ‘आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्थतालिका सार्वजनिक भइ […]

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

Artharajniti  ~  मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार निरीक्षण गरेका छन् । सो अवसरमा उनले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गरे। मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै […]