राष्ट्र बैंकको डेपुटी गभर्नरका दुई पद रिक्त : नयाँ को को आउलान् त ?
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको पाँचवर्षे कार्यकाल मंगलबारबाट सकिएसँगै दुई पद रिक्त भएका हुन् । केपी शर्मा ओलीको प्रधानमन्त्रीको पहिलो कार्यकालमा १९ फागुन २०७२ मा तत्कालीन एमालेको कोटाबाट सिवाकोटी र कांग्रेस कोटाबाट श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्त भएका थिए । […]