दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने

Artharajniti   ~  दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाको सहभागिता नरहने भएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रसाईंले पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् । तर, पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ । […]

रामग्राम लिज समझदारी रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशन

Artharajniti  ~  गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै लुम्बिनी विकास कोषले बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको […]

मौद्रिक नीति समीक्षा पारित गर्न साँझ राष्ट्र बैंकको बोर्ड बैठक बस्ने

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले […]

चौधरीलाई जमानतमा छोड्ने आदेश दिएका जिल्ला न्यायाधीश आचार्यको सरूवा

Artharajniti  ~  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु जिल्ला अदालतमा काज सरूवा गरिदिएका छन्। न्यायाधीश आचार्यको मुगु जिल्ला अदालतमा काज सरूवा भएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। न्यायाधीशहरूको सरूवा न्यायपरिषदले गर्ने व्यवस्था भए पनि काज सरूवा भने प्रधानन्यायाधीशले गर्न पाउँछन्। परिषदका एक सदस्यका अनुसार जिल्ला न्यायाधीश आचार्यले सरकारी जग्गा […]

फागुनका लागि अधिकांश बैंकहरूले घटाए ब्याजदर

Artharajniti   ~  फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो । ४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप […]

अख्तियार प्रमुख : – ” वित्तीय सुशासन निकै कमजोर भयो “

Artharajniti  ~   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा वित्तीय सुशासन निकै कमजोर भएको बताएको छ। अख्तियारले आइतबार आफ्नो ३३औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत विशिष्ट पदाधिकारीहरुलाई बोलाएर जथाभावी बजेट विनियोजन र खर्चले वित्तीय सुशासन कमजोर भएको बताएको हो। प्रमुख आयुक्त प्रेमकुमार राईले न्यूनतम मापदण्ड नपुगेका आयोजनामा जभाभावी स्रोत सुनिश्चितताले तीनै तहका सरकारमा असीमित बजेटरी दायित्व […]

तीन दिनसम्म विविध कार्यक्रम गरी ” राष्ट्रिय प्रजातन्त्र दिवस ” मनाइने

Artharajniti  ~   सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको  छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष […]

इतिहासकै चुनौतिपूर्ण मोडमा बैंकिङ क्षेत्र

Artharajniti   ~  अहिले बैंकिङ क्षेत्र खराब ऋणको दबाबमा छ। अर्थतन्त्रमा सुधार हुनेभन्दा पनि चुनौती बढ्ने क्रम जारी छ। अहिले ३.६१ प्रतिशत रहेको खराब ऋण पोहोर आधा मात्र थियो। अर्थतन्त्र जर्जर भइरहँदा यो खराब ऋण अर्को वर्ष कति पुग्ने हो यकिन छैन। नियामकले दिएको सुविधाका कारण खराब ऋण सीमाभित्र बाँधिएको छ। अर्कोतर्फ बैंकहरु नयाँ ऋण विस्तारतर्फ […]

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा

Artharajniti  ~  बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य २ जनालाई पनि रिहा गरेको हो । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा […]

सहरी विकासमन्त्री : ” निर्माण पूरा नभएसम्म धरहरामा कुनै हालतमा पार्किङ गराउन दिंदैनौं “

Artharajniti  ~   धरहरामा पार्किङ सुरु गरेको विषयलाई लिएर काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद चुलिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले माघ १४ देखि धरहरामा पार्किङ सुरु गराएकामा मन्त्रालयले निर्माण नै नसकिएको भनेर रोक लगाउन पत्र लेखेपछि दुई निकायबीच विवाद चुलिएको हो। मन्त्रालयको पत्रको जवाफमा बालेनले सार्वजनिकरुपमै २ वर्ष ९ महिना २० दिन अगाडि […]