ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

Artharajniti  ~  ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ। बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्नेछन्। कात्तिक ३ गतेसम्म लागू हुने यस अभियान […]

पर्यटन दिवसका दिन लुम्बिनीमा पर्यटकलाई स्वागत

Artharajniti  ~  विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा  पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको लुम्बिनी विकास काेषले जनाएको  छ। पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै भ्रमणका लागि आह्वान गरे। […]

सुन प्रकरणमा आजदेखि थुनछेक बहस

Artharajniti  ~  ६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा आजदेखि थुनछेक बहस सुरू भएको छ। बुधबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा थुनछेक बहस सुरू भएको हो। पहिलो दिनमा सरकारी वकिल कार्यालय काठमाडौंका तीन जना वकिलले बहस गर्नेछन्। उनीहरूले आजै बहस सक्ने तयारी गरेका छन्। त्यस्तै शुक्रबारदेखि भने प्रतिवादीका वकिलले बहस गर्नेछन्। कतिजनाले […]

बैंकहरुबाट सोह्रश्राद्धकै बीचमा नयाँ नोट, एक जनालाई १८ हजार ५ सय

Artharajniti  ~  दसैंतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोह्रश्राद्धबाटै नयाँ नोट सटही सुरु गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थाबाट सुरुमा नयाँ नोट सटही सुरु गर्ने छ। त्यसपछि आफ्नो केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट नोट सटही सुरु गर्ने भएको छ। सर्वसाधारणको लामो लाइन नलागोस्, सहजै नोट साट्न पाउन् भनेर राष्ट्र बैंकले […]

चिकित्सकको प्रश्न : पेसा छाडौँ कि देश ?

Artharajniti  ~ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका हुन् ।पोखरा लमजुङ, चितवन  हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था […]

घर किन्न वा निर्माण गर्न २ करोडसम्म ऋण पाइने

Artharajniti   ~  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घर तथा आवासीय कर्जाको सीमा बढाएसँगै घर किन्न वा निर्माण गर्न दुई करोडसम्म ऋण पाउन सकिने भएको छ । केन्द्रीय बैंकले आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म आवासीय घर […]

प्रधानमन्त्री प्रचण्ड : ” दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती देखियो “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धता अनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहालले अल्पविकसित मुलुकहरूको समूहको दिगो विकासका लक्षसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै कोभिड–१९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता […]

असोज ४ गतेदेखि २० गतेसम्म धादिङको नौबिसे-मलेखु सडकखण्ड राति बन्द हुने

Artharajniti  ~  पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो। असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न […]

विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन सरकारको आह्वान

Artharajniti  ~ सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विद्यालय शिक्षा विधेयक संशोधनलगायतको माग राख्दै महासंघले बुधबारदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ […]

वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ कर्मचारीको जागिर चट

Artharajniti  ~  वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो । महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत […]