रवि लामिछाने आज रुपन्देहीको निर्वाचन क्षेत्रमा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रुपन्देही आएका छन् । आइतबार साँझ रुपन्देही आएर उनी होेटल मणिग्राम विश्राम बाटिकामा बसेका छन् । आज उनी रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ । बिहान ८ बजे रुपन्देही १ को देवदह खैरेनीबाट उनको जनसम्पर्क कार्यक्रम शुरु भएको पार्टीले जनाएको छ । दिनभर ५ […]

५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल आज हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ […]

राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नु : अध्यक्ष लिङ्देन

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद  खाएर बनेको पार्टी नभएको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेको नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताएका हुन् । लिङ्देनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने […]

“काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ” : सभापति थापा

Artharajniti  ~ सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहनुभएका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको […]

मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह: कारबाहीको चेतावनी

Artharajniti  ~  सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता […]

निर्वाचनका लागि १९ अर्ब २१ करोड निकासा

Artharajniti  ~  अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको जनाएको छ । अर्थ मन्त्रालयका अनुसार फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि उक्त रकम निकासा गरिएको हो । निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा […]

सुनको मूल्य बढ्यो : हालसम्मकै उच्च

Artharajniti  ~  नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार […]

हुम्ला, जुम्ला, बैतडी र बागलुङलमा हिमपात : जनजीवन प्रभावित

Artharajnit  ~  हुम्ला, जुम्ला, बैतडी, बागलुङलगायत केही जिल्लामा  गएरातिदेखि बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा हिजो बेलुकादेखि नै हिमपात भएको हो । त्यस्तै बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । ती क्षेत्रमा माघयता दोस्रो पटक राम्रै हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिने भएको छ […]

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

Artharajniti  ~   ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो ।बैंकमा खाता खोल्नको लागि ग्राहकहरुले बैंकको काठमाडौंको कमलादीस्थित […]

निर्वाचन लक्षित समिति गठन गर्न कांग्रेसको परिपत्र

Artharajniti  ~  नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्नका लागि समितिहरू गठन गर्न परिपत्र गरेको छ ।केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको ‘विजय अभियान’ व्यवस्थित बनाउन मातहतलाई सबै तहमा समिति र संरचना अविलम्ब गठन गर्न परिपत्र गरेका हुन् ।सात प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र […]