नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ। रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रा.लि. र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रा.लि. रहेका छन् । मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो […]

तत्काल नेतृत्व छाड्ने मनस्थितिमा छैनन् ओली

Artharajniti  ~  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता छाडेर नेपाली सेनाको ब्यारेकबाट बाहिर निस्किएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँग बैठक गरेका छन् । जेनजी आन्दोलन र त्यसपछाडिको अवस्थाबारे बैठकमा प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूले सवाल उठाए भने र नेतृत्व हस्तान्तरणको बहस […]

“फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ ” : प्रधानमन्त्री कार्की

Artharajniti  ~ प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरुलाई आज भर्चुअल सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले नेपालमा हालै भएको जेनजी प्रदर्शन पछिको नयाँ राजनीतिक परिवेश र त्यसपछि गठन भएको अन्तरिम सरकार र त्यसले गरिरहेका कामहरुबारेमा दूतावास र नियोग प्रमुखहरुलाई जानकारी गराउनुभयो ।त्यसक्रममा प्रधानमन्त्री कार्कीले हाल देशमा आर्थिक गतिविधिहरु पूर्ववत रुपमा […]

वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो । केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ । प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक ब्याजदर समेत तोकिएको सीमाभन्दा तल आउने जोखिम […]

बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी

Artharajniti  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ। युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ। उक्त जाहेरीलाई भदौ […]

बहिर्गमनको उपाय खोज्दै कांग्रेस सभापति देउवा

Artharajniti  ~  विशेष महाधिवेशन बोलाउन आवश्यक ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटिसकेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो ‘सम्मानजनक’ बहिर्गमनको बाटो खोज्न थालेका छन् । उनले बहिर्गमनका लागि विशेष महाधिवेशनबाहेकको विकल्पबारे संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाले लामो समयसम्म राजनीतिक भेटघाट गरेका थिएनन् । […]

साइबर ब्युरोमा महेश बस्नेतसँग सोधपुछ

Artharajniti  ~  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेतसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । बस्नेतविरुद्धको जोहेरी […]

गृहमन्त्रीले सोधे, ‘मंगलबार नै पक्राउ गर्न मिल्दैन ?’

Artharajniti  ~  भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूको हत्या भएको भन्दै जेनजी प्रतिनिधिहरूले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न अभियान चलाइरहेका छन्। सोमबार साँझ ‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङसहितको टोली काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगेका थिए । यद्यपि प्रहरीले उक्त जाहेरी दर्ता गर्न […]

अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाद्वारा प्रदर्शन

Artharajniti  ~  जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले राजीनामा दिनुपर्ने बताए […]

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३५ हजार ४००

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । असोज ८ गते दुई २३ ह जार रुपैयाँमा […]