” यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ” : डा. स्वर्णिम वाग्ले

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गरेका छन् । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली कांग्रेस र एमालेले कब्जाको नीति लिएको वाग्लेले आरोप लगाए ।   कुराकानीमा वाग्लेले वर्तमान सरकार भत्काउनुपर्ने मान्यतामा रास्वपा रहेको उनले […]

शिक्षक प्रतिनिधिद्दारा प्रचण्डसँग भेट

Artharajniti  ~  नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुले भेट गरेका छन् । दाहालसँगको भेटका क्रममा सरकारले शिक्षकसँग गरेको सहमतिको कार्यान्वयन गर्न माग गरेका छन् । शिक्षकहरूको गुनासो पश्चात अध्यक्ष प्रचण्डले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको बताउँदै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका […]

“विपिनका बारेमा भगवानसँग प्राथना गरौँ ” : परराष्ट्रमन्त्री

Atharajniti ~   परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भनिन्, “हामीले सक्दो प्रयास गरेका छौँ विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री, सभामुखले पनि गर्नुभयो,” “म आफैँले पनि पत्र लेखेर अनुरोध गरेको छु । कतार र संयुक्त अरब […]

मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै रास्वपा र राप्रपा सांसदहरू बाहिरिए

Artharajniti  ~  प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि […]

नयाँ मौद्रिक नीतिबारे राष्ट्र बैंकलाई महासंघको सुझाव

Artharajniti  ~  आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले नेपाल राष्ट्र बैंकलाई २० बुँदे सुझाव दिएको छ। महासंघ  प्रदेश समितिले  नयाँ मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई स्पष्ट, पारदर्शी र पूर्वसुचित मापदण्डमा आधारित बनाउनु पर्ने माग गरेको छ। ‘मौद्रिक नीतिले आयातमा निर्भर व्यवसाय, कच्चा पदार्थ तथा प्रविधिमा […]

बैङ्किङ प्रणालीबाट एकै दिन ९० अर्ब तान्दै राष्ट्र बैङ्क

Artharajniti  ~  नेपाल राष्ट्र बैङ्कले बुधवार एकै दिन बैङ्किङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । यसअघि पनि एकै दिन ८० अर्बसम्म रकम बैङ्कहरूबाट उठाएको थियो । राष्ट्र बैङ्कले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ । जसमा […]

प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि आगामी बजेटका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बाेलाउने तयारी गरेका हुन् । मेयर साहले समितिका सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज […]

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

Artharajniti  ~  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको […]

२ अर्ब ५० करोड हिनामिना : कर्णाली डेभलपमेन्ट बैंकका थप एक जना पक्राउ

Artharajniti  ~  कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड भन्दा बढी हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका- १९ का ४१ वर्षीय देवप्रकाश सिंह ठकुरी पक्राउ परेका हुन्। उनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले जेठ २१ गते नै पक्राउ गरेको हो। बैंकको रकम हिनामिनामा ठकुरीको संलग्नता देखिएकाले पक्राउ गरिएको […]

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

Artharajniti  ~  समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]