प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे

अर्थ राजनीति  ~  एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् । १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ असारमा नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । अवकाशमा जानुअघि एक महिना अघिदेखि मुद्दा नहेर्ने अभ्यासअनुसार प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडेका हुन् । यसअघिका प्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल […]

बैंकमा पैसा थुप्रियो, कहिले बढ्ला कर्जा ?

अर्थ राजनीति  ~  पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा (लगानीयोग्य रकम र तरलता) को थुप्रो लागेको हो। राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रमा साढे तीन खर्बभन्दा बढी रकम थुप्रिएको छ। असार १४ सम्ममा बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ। […]

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने सत्ता गठबन्धनको निष्कर्ष

अर्थ राजनीति  ~  सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताहरूको बैठकबाट राजीनामा दिनु नपर्ने र संसद् ‘फेस’ गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । सात दलले मिटरब्याज पीडितहरुलाई न्याय दिन र सुशासनका लागि सरकारले […]

आफ्नै वचनमा अडेनन् राष्ट्रपति, नियम विपरीत लिए ५५ लाख उपचार खर्च

अर्थ राजनीति  ~  सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने भए मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च व्यहोर्ने गर्छ । सादगी नेता भनेर चर्चा गरिएका राष्ट्रपति रामचन्द्र पौडेल गत वैशाखमा उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् । छातीको समस्याले उपचारका लागि ६ […]

आज प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री […]

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति, बोलायो संसदीय दलको बैठक

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै यसबारे […]

गभर्नर चाहन्छन् चालु पुँजीकै पैसाबाट लगानी होस्

अर्थ राजनीति  ~  दुई महिनाअघिसम्म पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने बाटो खोलिदिन आग्रह गरिरहेका बैंकरहरुको अहिले बोली फेरिएको छ। पैसा भएर पनि ऋण दिन नसक्ने अवस्थामा पुगेका बैंकहरुलाई अहिले पुँजी नबढाइ भएकै छैन। बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, पुँजी वृद्धि नगर्ने हो भने २० मध्ये १० बैंक आगामी वर्ष केही नगरी हात बाँधेर […]

संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रचण्ड, देउवा र ओली सहमत

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका छन् । आज सभामुख देवराज घिमिरेसहित सिंहदरबारका बसेको बैठकमा उक्त सहमति भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए । टीआरसी र मनी लाउन्ड्रिङको विधेयक अघि […]

” बैंकको ब्याजदर बजारले निर्धारण गर्नुपर्छ ” : पूर्व बैंकर कुँवर

अर्थ राजनीति  ~  पुर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको व्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । खुल्ला बजारको अवधारणमा बैंकको व्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुनेमा जोड दिएका उनले सबै बैंकमा एउटै व्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न नसकेको बताएका हुन् । आर्थिक पत्रकारहरुलाई प्रशिक्षण दिँदै पुर्व बैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको व्याजदरमा […]

ललिता निवास जग्गा प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु

अर्थ राजनीति  ~  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबारसम्म ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यस प्रकरणमा नयाँ शिराबाट अनुसन्धान सुरु गरेको छ। नयाँ अनुसन्धान सुरु भएसँगै पुरानो अनुसन्धान स्वतः ढिसमिस भएको छ। सीआईबीका एसएसपी दिनेश आर्चायका अनुसार यही प्रकरणमा सीआईबीले ३ वर्ष लगाएर गरेको अनुसन्धान प्रतिवेदन […]