छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

अर्थ राजनीति ~ हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको […]

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

अर्थ राजनीति ~ धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ । प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ […]

औषधि अभावले बिरामी मर्कामा

अर्थ राजनीति ~ बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा राम साहले बताउनुभयो । उहाँका अनुसार १० दिनमा दुई सय ७३ जनाको आँखाको उपचार गरिएको छ […]

नेपाल एसबिआई बैंकको ऋणपत्र आजसम्म मात्र बिक्रीमा रहने

अर्थ राजनीति ~ नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र आजसम्म मात्र बिक्रीमा रहने भएको छ । बैंकले छिटो अवधि साउन २२ गतेभित्र सम्पूर्ण कित्ता बिक्री नभएपछि अवधि थप गरेको थियो । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गरेको […]

सांसद डा. चन्द्र भण्डारी अस्पताल भर्ना

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । सांसद भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन् । भण्डारीको स्वस्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । आफ्नै घरमा खाना पकाउने ग्यास लिक भएर आगलागीमा परी घाइते भएका भण्डारी […]

गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन

 अर्थ राजनीति ~  कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला रु सहजै अनुमान गर्न सकिन्छ । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ […]

भूटानी शरणार्थी प्रकरणमा थप १८ जनाले दिए जाहेरी

अर्थ राजनीति  ~  नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि एक सय १५ जना व्यक्तिले जाहेरी […]

कर्जाको माग हुन नसकेपछि घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर गर्दै बैंक

अर्थ राजनीति  ~  लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रवाहले लय समात्न सकेको छैन। पछिल्लो समय नविल बैंक […]

सुन तस्करी प्रकरण : छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने निर्णय

अर्थ राजनीति   ~  सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध […]

ब्रेकशु मा बरामद भएको सुन गालिँदै

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर गाल्न थालेको छ। मंगलबार बिहानदेखि सुन गाल्ने काम सुरू भएको छ। यसअघि महाशाखाले सोमबार ब्रेक शुबाट सुन निकालेको थियो। सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। ‘ब्रेक शुबाट छुट्याएपछिको सुन […]