तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

Artharajniti  ~  धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । उनीहरुले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईं र उनको […]

‘बैंकहरू डुब्दैनन् र डुब्न दिइनेछैन ’: गभर्नर अधिकारी

Artharajniti  ~  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमाथि चौतर्फी प्रहार भइरहेको छ । ऋणीहरूले ऋण मिनाहाको आन्दोलन चर्काइरहेका बेला यता बैंकविरुद्ध नै धावा बोल्ने घटनाहरू शुरु भएका छन् । र, यसको मुख्य निशानामा परेको छ, ‘एनआईसी एसिया बैंक’ । पछिल्ला केही दिन यता एनआईसी एसिया बैंक विरुद्ध ‘ब्याक टू ब्याक’ गलत प्रचार भइरहेका छन् । […]

किसानलाई दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन  निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन […]

ललिता निवासको जग्गा खाली नगराउन महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

Artharajniti  ~  ललिता निवासको जग्गा खाली गराउने प्रक्रिया तत्काल अगाडि नबढ्ने भएको छ। काठमाडौं महानगरपालिकाले फागुन ९ गते सूचना निकालेर ७ दिनभित्र खाली गर्न भनेकामा उच्च अदालत पाटनले खाली नगराउन सोमबार अन्तरिम आदेश दिएको छ। महानगरपालिकाले खाली गर्न सूचना निकालेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतबार रिट दायर गराएको थियो। त्यो रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तमप्रसाद […]

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ

Artharajniti  ~   प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले न्यौपानेलाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ।उनीसँगै कुल ११ जनालाई उक्त मुद्दामा प्रहरीले पक्राउ गरेको छ। थप एक जनालाई पक्राउ गर्ने […]

“एउटा सूचक औंल्याएर संस्था सकिएको भन्न मिल्दैन ” : डेपुटी गभर्नर मिश्र

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंक सँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औंल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताएका हुन्। ‘बैंक तथा […]

रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु : जेलेन्स्की

Artharajniti  ~   भोलोदोमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका छन् । युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने बताएका हुन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् र अन्य अनुमानहरू धेरै उच्च छन्। रक्षा मन्त्रीले युक्रेनका लागि सबै पश्चिमी सहायताको आधा ढिलाइ भएको प्रतिक्रिया दिएपछि […]

राष्ट्र बैंकमा ‘नीतिगत भ्रष्टाचार’ विरुद्धको रिटमा आज सुनुवाइ

Artharajniti  ~  ‘नीतिगत भ्रष्टाचार’ गरी नेपाल राष्ट्र बैकको सवारी निजी बनाउने गरी सुविधा लिने गभर्नर, दुई डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई दिइएको गैरकानुनी सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदनबारे आज सुनुवाइ हुँदैछ । अधिवक्ता कुमार मगर र भरत कार्कीले संयुक्त रूपमा दर्ता गरेको निवेदनमा गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई […]

मन्त्रीहरूको राजीनामालाई एजेण्डा बनाउँदै एमालेले आजको संसद् बैठक पनि अवरुद्ध गर्ने

Artharajniti  ~   प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री सुदन किरातीको राजीनामा मागेर एमालेले फागुन ६ गते यताका बैठक अवरुद्ध गर्दै आएको छ। फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल […]

सरकारले मिटरब्याज पीडितलाई वार्तामा बोलायो

Artharajniti  ~  २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज […]