” कांग्रेस अब बलियो प्रतिपक्षको भूमिकामा रहने ” : महामन्त्री थापा

Artharajniti ~  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद् मा  बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन्। नेपाली कांग्रेस कास्कीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारलाई जनताप्रति जबाफदेही बनाउने भूमिका संसदबाट कांग्रेसले खेल्ने बताए। सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक […]

“सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गर्नु भएको छ । आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई […]

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

Artharajniti  ~   आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआइजी किरण बज्राचार्यलगायतलाई विभागीय कारबाहीको तयारी भएको छ […]

राष्ट्रिय वाणिज्य बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने

Artharajniti  ~  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दिगो बैंकिङ वृद्धिको लागि व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको बारेमा अर्थविद्, बैंकिङ्ग विज्ञ तथा उद्यमीहरूका बीचमा व्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशानिर्देश गर्न बैंकले व्यवस्थापन सम्मेलन […]

कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

Artharajniti  ~  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। प्रतिनिधि सभामा शुक्रबार  कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो। लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसदमा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए। त्यसक्रममा सांसद पौडेलले प्रश्नै प्रश्न बोकेर लामिछाने […]

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

Artharajniti  ~  पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नेछन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नेछन् । राजधानी घोषणा गर्नका लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । […]

सीआइबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

Artharajniti   ~   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको छ। सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा बज्राचार्यलाई हटाउने तयारी गरिएको हो। आयोगले गत साउन २ गते बरामद ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केही आरोपीलाई जोगाएको भन्दै बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन बिहिबार उपप्रधानमन्त्री […]

अर्थतन्त्रको मुटु बैंकिङ क्षेत्र; अहिले चौतर्फी घेराबन्दीमा परेको छ ! | भरत राज ढकाल | अध्यक्ष – मुक्तिनाथ विकास बैंक

अर्थ राजनीति ~ मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरत राज ढकाल र नेपाली टेलिभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम ” Banking Serophero ” का प्रस्तोता मनोज पौड्याल बीच भएका नेपाली अर्थतन्त्र  तथा समयसामयिक अर्थतान्त्रिक कुराकानी : हेरौ पुरा भिडियो तल Link मा ;

‘ बहुउद्देश्यीय सहकारीको काम छैन’ : पूर्वअर्थमन्त्री खतिवडा

Artharajniti  ~  पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारी आवश्यक नभएको बताएका छन्‌। राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभ कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका खतिवडाले सहकारीको एकल उद्देश्य हुनुपर्ने तर्क गरेका हुन्‌। ‘बहुउद्देश्यीय सहकारीको काम छैन, एकल उद्देश्य  हुनुपर्छ,’ खतिवडाले भने, ‘बरु कृषि, उद्योग लगायतमा जाने हो भने […]

उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन

Artharajniti  ~  उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको समयसम्म प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले हिजोसम्म समय तोकेको थियो । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार […]