मेयर बालेन : “नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू “

Artharajniti  !~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । ३ जना नेताले गर्दा १ सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने बताए ।उनले उनी भन्छन्- काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । […]

नेपालमै उत्पादन भएको हुन्डाइ भेन्युको बिक्री सुरू

Artharajniti ~  नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाइ भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरू गरेको छ। लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल […]

असारका लागि वाणिज्य बैंकहरुले घटाए निक्षेपको ब्याजदर

Artharajniti  ~   आगामी असारको लागि बैंकहरूले मुद्दती निक्षेप ब्याजदर सामान्य घटाएर सूचना सार्वजनिक गरेका छन्। जेठको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ७.०६ प्रतिशत ब्याजदर दिइरहेकोमा यस्तो ब्याजदर घटेको हो। बैंकहरूले असारको लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.८८ प्रतिशत छ। तीन बैंकले भने ब्याजदर बढाएका छन्। माछापुच्छ्रे बैंक, नबिल बैंक र हिमालयन बैंकको ब्याजदर सामान्य […]

प्रतिनिधि सभाको बैठक आज बस्दै

Artharajniti   ~  संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ।सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। त्यसअन्तर्गत् शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। आज वन तथा वातावरण मन्त्रालय, खानेपानी […]

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाको सबस्टेशन उद्घाटन

Artharajniti ~  मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको सबस्टेशनको आज उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौँडा सबस्टेसनको आज  उद्घाटन गरेका हुन् । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट […]

बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले अधिक तरलता दबाबका कारण स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरण सँगैसँगै परिचालन गरिरहेको छ । राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण मार्फत १४ दिनका लागि ३५ अर्ब तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ […]

स्कुलका सटरहरु बन्द नगराउन महानगरलाई उच्च अदालतको आदेश

Artharajniti  ~   उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । काठमाडौं महानगरपालिकाले काठमाडौंका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराउन थालेको थियो । शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने […]

वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनको घोषणा

Artharajniti   ~   ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल’ले असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौँमा समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती कालोसूची र धितो […]

राष्ट्रपति पौडल जेनेभा पुगे

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्यान्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रअन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी […]

ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

Artharajniti  ~   ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]