महामन्त्री थापा : ” नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने “

Artharajniti   ~   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गरेको भन्दै बालुवाटारबाट डेरा सर्न सुझाव दिएका हुन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके […]

” आर्थिक शिथिलताले बैंकहरूको निष्क्रिय कर्जा बढ्यो ” : गभर्नर अधिकारी

Artharajniti  ~  गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक शिथिलताले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको एक कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुलाई अहिले साँवा तथा ब्याज अशुल (रिकभरी)मा चुनौती देखिएको औंंल्याए । हाल व्यवसायमा मनोबल कमजोर, समग्र मागमा आएकाले रिकभरी चुनौतिपूर्ण देखिएको उनको […]

” संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँ ” : पूर्वप्रधानमन्त्री देउवा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताउनुभयो । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा […]

” हामीसँग जादुयी नम्बर छ, सरकारमा पूरै अवधि बसिन्छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti   ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्। शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहास, मुद्दा, आन्दोलन र जादुयी नम्बर (संसदको अंकगणित)का कारण माओवादीलाई हटाउन सम्भव नभएको बताएका हुन्। ‘थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर […]

४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले शुक्रबार थप ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले लगतै दोस्रो दिन १४ दिनका लागि थप ४० अर्ब प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर […]

” अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो ” : प्रधानमन्त्री दाहाल

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । आज राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरराद्र्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए । उनले भने, ‘७० तिरबाट अगाडि लाग्नु भनेको त […]

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका ५ जनालाई थुनामा पठाउने आदेश

Artharajniti  ~  जिल्ला अदालत काठमाडौँले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास […]

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्धय मल्ल र सुवेदीको इजलासमा

Artharajniti   ~  गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको छ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट न्यायाधीशद्धय मल्ल र सुवेदीको इजलासमा पेशी तोकिएको हो। यसअघि असार ४ गते रिट हेर्न नमिल्नेमा राखिएको थियो। सो दिन सुनुवाइका लागि रिटको पेशी न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएको […]

” नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाऔं ” : सांसद शर्मा

Artharajniti   ~   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाउन सकिने बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा ऊर्जा मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै उनले नेपाल बन्दैछ भन्ने सन्देश दिन पनि नेपालीहरूकै लगानीमा बूढीगण्डकी आयोजना निर्माण गर्न सकिने बताए। ‘बूढीगण्डकी परियोजना स्वदेश र विदेशमा भएका नेपालीहरूकै लगानीमा बन्न सक्छ। नेपाल […]

करिब एक अर्ब अपचलनको आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

Artharajniti  ~   वचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले “कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था ” का अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा वर्ष ४३ […]