एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००

Artharajniti   ~  सेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको छ । यो समयसम्म नेप्से परिसूचक ६७ अंक बढेर २९२७ मा कायम भएको छ । एक घण्टासम्मको अवधिमा बैंकिङ ३.४५, विकास बैंक १.७८, फाइनान्स २.२६, होटल तथा पर्यटन ५.२०, हाइड्रोपावर २.२५, […]

” युवाशक्तिलाई विदेश पलायनबाट रोक्नुपर्छ ” : राष्ट्रपति पौडेल

Artharajniti   ~  राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरुलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा योजित युवा सम्मेलनलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। उनले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताए। राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र […]

” सुरुङ युगसँगै नेपाल नयाँ युगमा प्रवेश गर्यो ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस दुु्रतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताउनुुभएको छ । नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गर्नुभयो । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव […]

जलमग्न काठमाडौं उपत्यका

Artharajniti  ~  सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । सडकहरु खोला जस्ता देखिएका छ्न् । बस्तीहरु डुबानमा छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ । बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ । ललितपुर महानगरपालिका […]

सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले घट्यो

Artharajniti  ~  सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ […]

माओवादी अध्यक्ष प्रचण्ड : ” वर्तमान सरकार नै विचौलियाले बनाइदिएको हो “

Artharajniti   ~ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचौलियाहरुले बनाइदिएको आरोप लगाएका छन् । मंगलबार विराटनगर पुगेका अध्यक्ष प्रचण्डले वर्तमान सरकार विचौलियाहरूकै सेवामा रहेको बताएका हुन् । उनले सरकार गलत बाटोमा हिँडेको आरोप लगाए। अध्यक्ष प्रचण्डले राज्यको अर्बौँ सम्पत्ति छुट दिन गरेको चलखेल आफूलाई सबै थाहा भएको जिकिर गरे। अध्यक्ष प्रचण्डले भने,‘सरकार नै […]

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब

Artharajniti   ~ ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १०.१ प्रतिशत घटेको छ । बैंकले गत आर्थिक वर्ष ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ […]

२०८०/८१ मा वाणिज्य बैंकहरूको नाफामा ७ अर्ब वृद्धि

Artharajniti  ~  गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको नाफा समग्रमा सात अर्ब रूपैयाँले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ५६ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष यसमा करिब १२ प्रतिशत वृद्धि भएर ६४ अर्ब ६ करोड पुगेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको […]

देउवासहित टोलीले प्रधानमन्त्री ओलीसँग गरे हवाई सुरक्षाबारे छलफल

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सांसदहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर हवाई सुरक्षाबारे छलफल गरेका छन्। सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाई, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाई, राजन केसीलगायतले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर हवाई सुरक्षाबारे कुराकानी […]

आइतबार सार्वजनिक बिदा

Artharajniti ~  सरकारले यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।