बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

Artharajniti   ~  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि बोलकबोल हुने उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोबाट […]

अधिकांश बैंकले घटाए निक्षेपको ब्याज , ८ वटाको स्थि

Artharajniti   ~   वाणिज्य बैंकहरुले औसत ०‍.१९ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ साउनमा ६.७३ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ०.१९ प्रतिशतले घटेर भदौका लागि ६.५४ प्रतिशतमा झारिएको हो। आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग बढ्न नसकेपछि गत असाज देखि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। निक्षेप थुप्रिदा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले ब्याजदर घटाएका […]

” विकासको लहर ल्याउने गरी व्यवस्थित र ठोस योजना ल्याउनुस् “: प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ । नेपाल सरकारका मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन […]

“जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको हो ” : अध्यक्ष दाहाल

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए। उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै […]

नदी क्षेत्रको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न महानगरले लगायो निषेध

Artharajniti   ~  काठमाडौं महानगरपालिकाले नगरक्षेत्रभित्रका नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको छ । महानगरले आज (बुधबार) एक सार्वजनिक सूचना जारी गरी नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो । जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) का तर्फबाट अख्तियार प्राप्त र आफ्नो हकमा समेत काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १४ कुलेश्वर […]

” युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् ” : प्रधानमन्त्री ओली

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै […]

प्रतिनिधि सभाको बैठक बस्दै, टिआरसी विधेयकमाथि छलफल

Artharajniti  ~ प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित […]

कुलमानविरुद्ध अख्तियारमा उजुरी, करोडौं घोटालाको आरोप

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको दाबी गर्दै कागजपत्रसहित आयोगमा उजुरी दिएका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई […]

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना बन्यो

Artharajniti  ~   दुई साताको बीचमा दुई वटा हवाई दुर्घटना भएपछि नियामकको भूमिकालालाई लिएर संसद्‍मा प्रश्‍न उठिरहेका बेला सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ। साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको हो। कार्ययोजना समावेश विषयबारे भने सरकारले जानकारी दिएको छैन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले […]

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन कार्यदलले दिएको सुझाव

Artharajniti   ~  गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकास पाउने प्रावधान हटाउनुपर्ने सुझाव दिएको छ। जेठ १६ गते बनेको आचार्य नेतृत्वको ६ सदस्यीय समितिले ३० वर्षे सेवा अवधिको कुनै औचित्य नरहेको भन्दै हटाउन सुझाव दिएको हो। कार्यदलमा आचार्य, सदस्य सचिव कृष्ण गैरे, सदस्यहरू डिआइजी राजन अधिकारी, पूर्व डिआइजी […]