त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

Artharajniti  ~  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको […]

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प जित उन्मुख

Artharajniti   ~ अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्मको मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार जित उन्मुख देखिएका छन् । १९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । यद्यपि औपचारिक प्रोजेक्सन भने होइन । पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ । जबकी राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ । अमेरिकी राष्ट्रपति […]

प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर

Artharajniti  ~  सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको […]

दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही

Artharajniti ~  निर्देशन विपरित काम गरेको भन्दै दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई यस्तो गल्ती नदोहोर्याउन सचेत गराएको हो । इन्भेष्टमेन्ट बैंकले बैंक खाता खोल्दा तथा सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, गत आर्थिक […]

अमेरिकी राष्ट्रपती निर्वाचनः अन्तिम दौडमा ह्यारिस र ट्रम्प

Artharajniti ~  नोभेम्बर ५ अर्थात मंगलबार नयाँ अमेरिकी राष्ट्रपतको लागि निर्वाचन हुँदैछ । जस अन्तर्गत उम्मेदवार कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दैछन् । दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार गर्दैछन् । रिपब्लिकन ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि ‘पहिलो’ जितको वाचा […]

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानबारे के होला निर्णय ?

Artharajniti  ~  मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । सातामा सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने एक […]

एमालेले लिएको जग्गादानमा सर्वोच्चको अल्पकालीन आदेश

Artharajniti  ~  भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट एमालेले दान लिएको जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले दुवै पक्षको बहस/छलफल सुनेर अर्को आदेश नहुन्जेल सम्मका लागि गुरूङले एमाले पार्टी कार्यालय बनाउन भन्दै दान दिएको १० रोपनी जग्गाको हक हस्तान्तरण नगर्न/नगराउन आदेश दिएको हो। उक्त छलफलका […]

बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोज्दा रास्वपाका कार्यकर्ता पक्राउ

Artharajniti  ~  बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताहरू पक्राउ परेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका […]

राष्ट्र बैंकमा असर्फी किन्नेको भिड

Artharajniti   ~  नेपाल राष्ट्र बैंकमा असर्फी किन्नेहरूको भिड लागेको छ। मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ। राष्ट्र बैंकले मंगलबार एक दिनमात्रै असर्फी बिक्री गर्ने भनेपछि बिहानैदेखि मानिसहरूको भिड लागेको हो। सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री […]

सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट

Atharajniti   ~   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएका हुन्।  उनले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए। सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको बताए। उनले विपद् […]