गोकर्ण रिसोर्टको म्याद थप गर्नुको कारण खोल्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने निर्णयको आधार र कारण खोल्न सरकारका नाममा आदेश जारी गरेको छ । गोकर्ण फरेष्ट रिसोर्ट सञ्चालनको ६ वर्ष म्याद बाँकी छँदै थप २५ वर्ष अवधि थप्ने निर्णयबारे कारण देखाऊ आदेश जारी गरेको हो । न्यायाधीश कुमार रेग्मीको इजलासले वातावरण विनाश हुनेगरी जंगल मासेर थप संरचना बनाउन […]

प्रदेश नं ५ को नामाकरण र राजधानीबारे चर्को बहस शुरु

रुपन्देही- प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नं ५ को राजधानीबारे चर्को बहस शुरु भएको हो । प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने […]

भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउदै

काठमाडौँ । भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ । डिसेम्बरबाट मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनयमोहनलाई नेपाल पठाउन लागेको हो । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो । विनयमाेहन अहिले फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन्। उनी भारतीय विदेश […]

उपसभामुखबाट राजीनामा दिन शिवमाया तुम्बाहाङ्फेलाई नारायणकाजी श्रेष्ठको सुझाव

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन सुझाएका छन्। लमजुङमा पत्रकारहरुसँग कुराकानी गर्दै श्रेष्ठले उपसभामुख तुम्बाहाङ्फेको दावी भने सही रहेको बताए। उपसभामुख तुम्बाहाङ्फे नै पनि सभामुख बन्न सक्ने उनले खुलासा गरे । ‘उपसभामुखले दावी गर्ने हक राख्नुहुन्छ, श्रेष्ठले भने, ‘सभामुख उहाँ बन्ने हो भने पहिला पार्टीले पाउने बाटो तयार हुनुपर्छ। […]

कामना सेवा विकास बैंक र ओम्नी मोटर्सबीच सम्झौता, कर्जा सुविधा सजिलै लिन सकिने !

काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा.लि. बीच व्यापार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्सको तर्फबाट निर्देशक उदय नकाब्राले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार ओम्नी मोटर्स मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका […]

अमेरिकाले चीनमाथि लगाएको यस्तो आरोप लियो फिर्ता

काठमाडौं । अमेरिकाले मुद्राको मूल्य चलखेलमा भूमिका खेलेको भन्दै चीनमाथि लगाएको आरोप फिर्ता लिएको छ । अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’ भनी लगाएको आरोप फिर्ता लिएको बीबीसीले जनाएको छ। अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ। चीन र अमेरिकाबीच व्यापारिक […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्री वितरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको वितरण गरेको छ । कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र […]

ओमानका सुल्तानको निधनमाप्रति नेपालद्वारा समवेदना व्यक्त

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालको तर्फबाट समवेदना प्रकट गरेका छन् । मन्त्री पुनले नेपालका तर्फबाट ओमानको सरकार तथा जनताप्रति समवेदना प्रकट गरेका हुन् । अन्तर्राष्ट्रिय नवीरकणीय उर्जा संघ (आइरिना) को १०औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबीमा रहेका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर […]

अस्ट्रेलियामा लागेको डढेलोको धुवाँले पृथ्वी घुम्छ – नासा

काठमाडौं । अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको बीबीसीले उल्लेख गरेको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा […]

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’

गलेश्वर । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने जानकारी दिए । सबै […]