सर्लाहीको बरहथवामा प्रभु बैंक लिमिटेडको नयाँ शाखा उद्घाटन
काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् । उद्घाटन कार्यक्रममा महतोले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज […]