राष्ट्रियसभा निर्वाचन : ११ दलले दिए दर्ताका लागि आयाेगमा निवेदन

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ताका लागि भन्दै ११ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रियसभाका १८ सदस्य निर्वाचित गर्न ९ माघमा निर्वाचन हुँदैछ । आयोगले दल दर्ताका लागि दिएको मंसिर २७ देखि पुस ६ गतेसम्मको समयमा तोकेको प्रक्रिया पुर्‍याएर ११ दलले निवेदन दिएका प्रवक्ता गिरिजा शर्माले जानकारी दिइन । आयोगका अनुसार दर्ताका […]

सकियो नेकपाको स्थायी कमिटी बैठक, एमसीसीबारे सचिवालयले निर्णय गर्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ। साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ। नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक […]

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदको जारी हिउँदे अधिवेशनबाट अनुमोदन गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले आग्रह गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला एमसीए नेपालले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो । कम्प्याक्ट सम्झौतामा उल्लेख गरिएका पूर्वाधार आयोजनाहरु समयमै सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको […]

नेपालीका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नेपालीहरुका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसहितको टोलीले आइतबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो ध्यानाकर्षण गराएको हो । नेपालीलाई हङकङमा ट्रान्जिट भिषाको व्यवस्था नहुँदा मकाउमा रोजगारीका लागि पुग्ने युवाहरुले कठिनाइ भोग्नु परेको भन्दै कांग्रेसले त्यसको व्यवस्था मिलाउन सरकारसँग […]

सुदूरपश्चिम प्रदेश सरकारभित्र कमिसनको चलखेल, वन कर्मचारीकाे नियम मिचेर सरुवा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारभित्र समायोजन भएका वन कर्मचारीकाे नियम मिचेर सरुवा गर्ने चलखेल सुरु भएको छ । त्यसको ट्रेलर मंगलबार मात्रै देखिएको छ । मंगलबार बझाङका सहायक वन अधिकृत किशाेर धामीलाई काज सरुवा गरी प्रदेश बनसचिबको कार्यालयमा ल्याइएको छ । उक्त ट्रेलरबाट आउने प्रतिक्रियालाई हेरेर पुस दोस्रो हप्तासम्म पूर्ण शंकर यादव, दिलिप यादव, जैबुद्दिन […]

ललिता निवास प्रकरणमा आफ्नै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ‘ललिता निवास’ को जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै छानबिन प्रतिवेदन पेस गरेको छ । अख्तियारकै एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धान टोलीले बस्न्यातसहितका सरकारी कर्मचारी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको हो । आयुक्तहरूले प्रतिवेदन अध्ययन गरिरहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ […]

फागुनभित्र भूमिहीन सुकुम्वासीहरु जग्गाधनी प्रमाणपत्र पाउँछन् – मन्त्री अर्याल

चितवन ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताएकी छिन् । चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण मध्यवर्ती सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले वर्तमान सरकार भूमिहीन सुकुम्वासी समस्या समधानका लागि आयोगमार्फत टुङ्ग्याउन लागेको बताइन् । “अब बन्ने कानूनले सुकुम्वासी भूमिहीन र अव्यवस्थित बसोबासको […]

नेकपा स्थायी समिति बैठक आज पनि बस्दै, एमसीसीबारे निर्णय हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (आइतबार) बस्दैछ । ११ बजेपछि बस्ने बैठकले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्नेछ । ६ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन […]

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलेको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग […]

स्थायी समिति बैठक रोकेर नेकपाको सचिवालय बैठक

काठमाडौं–सत्तारुढ दल नेकपाको जारी स्थायी समिति बैठक केहीबेरका लागि स्थगित गरेर सचिवालय बैठक बसेको छ । सचिवालय बैठक बस्नका लागि केहीबेर बैठक स्थगित गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकमा विधान संशोधन र समसामयिक राजनीतिका विषयमा महासचिव पौडेलले धारणा राखेपछि बैठक स्थगित भएको थियो । २९ मंसिरबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको […]