अर्थ राजनीति ~ प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए । मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा गरिने भएको छ । संसद विघटन असंवैधानिक र गैरराजनीतिक भएको उनको भनाइ छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने
