अर्थ राजनीति ~ महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा भएको अनियमिततामा बैंककै कर्मचारीको मिलोमतो रहेको जानकारी छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा कर्मचारीको संलग्नता देखिएपछि तीनजना शाखा प्रबन्धकसहित ऋणी पक्राउ परेका छन् । कम तौलका सुनका गरगहना धितो राखी ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ ऋण प्रवाह गरेको उजुरी परेपछि ब्युरोले प्रकरणमा अनुसन्धान थालेको थियो । त्यसक्रममा कमसल धितोबाट ऋण दिन कर्मचारीले नै सहयोग गरेको पाइएको हो । पक्राउ परेका व्यक्तिविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद थप गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा भएको अनियमिततामा बैंककै कर्मचारीको मिलोमतो
