राष्ट्रिय वाणिज्य बैंकले पाँच कम्पनीलाई अनुदान रकम दियो

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्सी प्रोग्राम नेपालको अनुदान सहयोग पाँच वटा कम्पनीलाई हस्तान्तरण गरेको छ । जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित रकम बैंकले दिएको हो । बैंकले पशुपति आइरन एण्ड स्टीललाई एक करोड रुपैयाँ, बोटलर्स नेपाललाई ५२ लाख ९४ हजार रुपैयाँ, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैयाँ, हिमाल आइरन एण्ड स्टीललाई सात लाख ३४ हजार रुपैयाँ र इस्ट एशियन प्लाष्टिक इन्डष्ट्रिजलाई दुई लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्