अर्थ राजनीति ~ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभिन्न फाँटबाट नगद रसिद काटी संकलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध सोमवार मुद्दा दायर गरिएको हो ।
लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
